coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चार ब्याट्सम्यानको शतक

ब्लोइमफोन्टेन- शीर्ष पाँचमध्ये चार ब्याट्सम्यानले शतक पूरा गरेपछि दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो टेस्टमा चार विकेट गुमाएर ५ सय ७३ रन बनाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गरेको छ ।
बलिङमा फितलो प्रदर्शन गरेको बंगलादेशले ब्याटिङमा पनि राम्रो प्रदर्शन गर्न सकेन । दोस्रो दिनको चिया सत्रसम्म बंगलादेशले ६१ रन जोड्दा ४ विकेट गुमाइसकेको छ ।
ओपनर एइडेन मार्करम र डिन एल्गरले शतक पूरा गरेपछि दक्षिण अफ्रिकाले पहिलो ३ विकेट गुमाएर ४ सय २८ रन बनाएका थियो । एल्गरले १ सय १३ रन बनाउँदा मार्करमले १ सय ४३ रनको योगदान गरे । ओपनरद्वयले पहिलो विकेटका लागि २ सय ४३ रनको साझेदारी गरे । एल्गरलाई गुमाएपछि दक्षिण अफ्रिकाले लगातार अरू २ विकेट गुमायो । २ सय ७६ रन जोड्दा मार्करमलाई गुमाएको दक्षिण अफ्रिकाले थप १२ रन जोड्दा टेम्बा बभुमालाई गुमायो । १२ बल खेलेका बभुमाले ७ रन मात्र जोड्न सके ।
त्यसपछि दक्षिण अफ्रिकाको इनिङ सम्हालेका हसिम अमला र फाप डुप्लेसीले पनि दोस्रो दिन शतक पूरा गरे । १७ चौकासहित १ सय ३२ रन बनाएका अमलाले डुप्लेसीसँग चौथो विकेटका लागि २ सय ४७ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाले पहिलो इनिङ समाप्तिको घोषणा गर्दा डुप्लेसी १ सय ३५ रनमा अविजित रहे भने विकेटकिपर क्विन्टन डी कक २८ रनमा अविजित थिए ।
एल्गरलाई शुभाशिष रोएले मुस्ताफिजुर रहमानमार्फत क्याच गर्दा मार्करमलाई रुबेल होसेनले बोल्ड गरे । बभुमालाई लिटोन दासमार्फत क्याच गरेका शुभाशिषले अमलालाई बोल्ड गरेका थिए ।
दोस्रो दिन बिहानको चिया सत्रसम्म बंगलादेशका ओपनर इमरुल कायस २६ तथा लिटोन १० रनमा अविजित छन् । अर्का ओपनर सौम्य सरकार ९ बनाएर पवेलियन फर्किए । उनी कागिसो राबाडाको बलमा बोल्ड भएका थिए । ४ रन बनाएका मोमिनुल हकलाई ड्वाने ओलिभरले डी ककमार्फत क्याच गराए । ओलिभरले ७ रन बनाएका मुस्फिकर रहिमलाई पनि बभुमामार्फत क्याच गराए । ४ रन बनाएका महमुदुल्लाह वायन पर्नेलको बलमा डी ककमार्फत क्याच भए ।

 

प्रकाशित: २२ आश्विन २०७४ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App