१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक

दिवंगत टंककुमारी ढकाल

काठमाडौं—नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाललाई मातृशोक परेको छ। उनकी ८२ वर्षीया आमा टंककुमारी ढकालको शनिबार चितवनमा निधन भएको हाे। चितवन कलेज अफ मेडिकल साइन्समा उपचारका क्रममा बिहान ९ बजे  निधन भएको अस्पताल स्राेतलाइ उदृत गर्दै अध्यक्ष ढकालका स्वकिय सचिव जितेन्द्र श्रेष्ठले जनाए।

उनकाअनुसार दिवंगत टंककुमारी दम र निमोनियाबाट पीडित थिइन्। पार्थिव शरीर हिन्दू परम्पराअनुसार आजै देवघाटमा अन्त्येष्टि गरिएको छ। छोराछोरीले गर्नुपर्ने १३ दिने मृत्युकर्म हिन्दू संस्कारअनुसार चितवन कालिका-६ खोलेसीमलस्थित निवासबाटै सुरू गरिएको उनले जानकारी दिए।

टंककुमारीका दुई छोरा र सात छोरी छन्। परिवार दल अध्यक्ष एवं सांसद रहेका एकनाथ जेठा छोरा हुन्।

प्रकाशित: २१ आश्विन २०७४ १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App