coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शेर्पा सम्मेलन आजबाट शुरु

काठमाडौँ – उद्गम थलो नेपाल भएर पनि संसारका विभिन्न देशमा बसोवास गर्दै आइरहेका शेर्पा जातिको पहिलोपटक औपचारिक रुपमा भेला आजबाट (२१ गतेबाट) हुँदै छ।

काठमाडौंमा पहिलो पटक आयोजित भेला २४ गतेसम्म चल्नेछ । भाषा, धर्म, कला, संस्कृति, रितीरिवाज तथा परम्परागत मूल्य र मान्यता पुस्ता हस्तान्तरसँगै लोप हुने क्रममा रहेकाले त्यसलाई जीवित राख्न र नेपाललाई समृद्धिको लागि विश्वका शेर्पाको भूमिकामा जोड दिने भन्दै भेला आयोजना गरिएको प्रचारप्रसार उपसमिति संयोजक आङछिरिङ शेर्पाले जानकारी दिए ।

राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको शेर्पाहरूले अब उद्योग, कलकारखाना, जलविद्युत लगायतका क्षेत्रमा लगानीको वातवरण बनाउन विश्वभेलाले एउटा महत्त्वपूर्ण निर्णय गर्ने आयोजकले बताएको छ । 

राज्यले जनसंख्यालाई आधार मानेर अल्पसंख्यक जाती भित्र समावेश गरे पनि मुलुक र विश्वमा शेर्पाको भूमिका र नाम बहुसंख्यक रहेको भन्दै राष्ट्रिय राजनीतिले शेर्पालाई कस्तो सम्मान गर्छ, भन्ने विषय पनि भेलाको मुख्य एजेण्डा रहेको बताइएको छ ।  भेलाले विश्व शेर्पा सम्मेलन मार्फत विश्व शेर्पा संघको औपचारिक गठन समेत गर्ने जनाएको छ ।

ऐतिहासिक प्रथम विश्व शेर्पा सम्मेलन–२०१७को विश्व शेर्पा संघ तदर्थ समितिद्वारा आयोजित  कार्यक्रमलाई नेपाल शेर्पा संघले व्यवस्थापनका गरिरहेको छ । 

प्रकाशित: २१ आश्विन २०७४ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App