७ वैशाख २०८१ शुक्रबार
समाज

सडक कालोपत्रेकालागि दवाब समूह गठन

महेन्द्रनगर – भीमदत्त नगरपालिका– १६ स्थित बन्द अवस्थामा रहेको विमानस्थल पश्चिमको सडक कालोपत्रे गर्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले दवाब समूह गठन गरेका छन्। 

लामो समयदेखि विवादास्पत तथा ग्राभेलसम्म नहालिएको सडक कालोपत्रे गर्नुपर्ने भन्दै मझगाउँ बजार व्यवस्थापन समितिको पहलमा दवाब समूह गठन गरिएको छ।
 
शनिबार बिहान मझगाउँ चोकको पिपल चौतारीमा बसेको भेलाले दिपेन्द्रबहादुर बिष्टको संयोजकत्वमा पाँच सदस्यीय दवाब समूह गठन गरेको छ । समितिका सदस्यमा ज्ञानेन्द्र धानुक, महेन्द्र प्रसाद भट्ट, गौरी दत्त जोशी र रमा रसाइली रहेका छन्। 

कञ्चनपुरकै गौरबका रुपमा रहेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र महाकाली नदीको झोलुङ्गे पुल जोड्ने सडकको मध्यभाग यति लामो समयसम्म कालोपत्रे नभएको भन्दै दवाब समूह गठन गरिएको बजार व्यवस्थापन समितिका सचिव राजेन्द्र चन्दले बताए । झण्डै डेढ किलोमिटर सडकमा निर्माण भएयता ग्राईभेल समेत हालिएको छैन्। 

पर्यटकीय स्थल घुम्न आउने यात्रुले सडकको जिर्ण अवस्थाका कारण सास्ती व्यहोर्नु परेको स्थानीयको भनाई छ। 

अबको एक साताभित्र हस्ताक्षर संकलन गरी भीमदत्त नगरपालिकालाई बुझाउने समेत दवाब समूहले निर्णय गरेको सचिव चन्दले बताए।

प्रकाशित: २१ आश्विन २०७४ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App