७ वैशाख २०८१ शुक्रबार
समाज

बसले किचेर एक महिलाको मृत्यु

अर्घाखाँची  –  जिल्लाको शितगंगा नगरपालिका  भेडामारेमा श्रीमानले चलाएको  लु ३५ प ८९३ नम्वरको स्कुटीबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्वर १ नयाँमिलका का ५१ वर्षीय लक्ष्मण कार्की र उनकी श्रीमती  ४५ वर्षीया देवी कार्की सुपा देउराली दर्शन गर्न आउँदै  गर्दा भेडामारेमा लु १ ख ५८४७ नम्वरको बसलाई ओभरटेक गर्न खोज्दा देवी स्कुटीबाट खसेर बसले किचेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रीका चौधरीले जानकारी दिए।

बस चालक गुल्मी धुर्कोटका चालक ज्ञानेन्द्र विक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।  

प्रकाशित: २१ आश्विन २०७४ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App