पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

शनिबार, २१ असोज २०७४, १५ : १० नागरिक

रामपुर –  पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ। 

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन्। 

यस सडकखण्डमा पर्ने दोभानदेखि सिद्धबाबा मन्दिरसम्म सडक माथिबाट झर्ने ठूलाठूला चट्टान र पहिरोका कारणले यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आइरहेका छन्। 

सडक स्तरोन्नतिका लागि नेपाल सरकारले वर्षेनी करोडौँ रुपैयाँ खर्चिदै आए पनि सडकको अवस्थामा सुधार आउन सकिरहेको छैन । आजभन्दा झण्डै चार दशक अगाडि निर्माण भएको यस सडकमा करोडौँ रुपैयाँ सडक मर्मत तथा पुनःनिर्माण एवं स्तरोन्नतिका लागि खर्च भइसकेको छ। 

पछिल्लो समय दिनानुदिन सवारीसाधनको संख्या बढ्दै जाँदा पनि सडकको अवस्था बिग्रँदै गएको हो, सडक डिभिजन कार्यालयका इञ्जिनियर पवित्रमणी आचार्यले भने – सडक स्तरोन्नतिका लागि काम भइरहेको छ। 

सडकमाथिबाट चट्टानसहितको ढुंगा खसिरहदा एक हप्तादेखि यो सडक छिनमै खुल्ने छिनमै बन्द हुने भइरहेको छ। गन्तव्यमा निस्केका यात्रु घण्टौँसम्म बीच बाटोमै अलपत्र अवस्थामा बस्न बाध्य छन्। 

नारायणगढ मुग्लिङ सडकखण्डमा यातायात नियमित सुचारु नहुँदा पनि यसै सडकखण्डअन्तर्गत भएर पूर्वदेखि पश्चिमसम्मका लागि दिनहुँ ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने गर्दा पनि सडकको अवस्था निकै दयनीय बन्दै गएको छ। काठमाडौँसँग जोडिने वैकल्पिक मार्ग भएकाले पनि यसको स्तरोन्नति गर्नसके यात्रुले सहजरुपमा यात्रा गर्ने पाउने छन्। 








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad