८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले जाजरकोटले मतदानबाट उम्मेदवार टुंग्यायो

जाजरकोट- मंसिर १० गते  हुने  प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि एमाले जाजरकोटले मतदान प्रक्रियाबाट उम्मेदवारहरुको छनोट गरेको छ। किरब एक हप्तादेखि चलेको जिल्ला कमिटी बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया भएको एमाले जाजरकोटका सचिव चन्द्रप्रकास घर्तीले बताए।

उनका अनुसार संघीय संसदका लागि केन्द्रीय सदस्य भैरव सुन्दर श्रेष्ठ र पूर्व सांसद गोविन्द विक्रम शाहको नाम सर्वसम्मतले  टुंगिएको हो। प्रदेशका लागि पनि दर्जन बढी नेताले इच्छा देखाएपछि मतदानबाट निर्णयमा पुग्नु परेको एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले बताए। 

बिहबाीर सम्पन्न मतदातबाट  प्रदेश सभाअन्तर्गत  क्षेत्र नम्बर १ पुरुषतर्फ कमानबहादुर खड्का र निरज आचार्य तथा महिलातर्फ रीता रावलको नाम  छानिएको  उनले बताए।  मतदान प्रक्रियामा  त्रुटि भएको भन्दै  निर्वाचनमा आफूले बढी मत पाएको दाबीसहित डम्वरबहादुर सिंहले उजुरी दिएका छन्।

सिंहको उजुरीमाथि जिल्ला कमिटीले निर्णय गर्न नसक्ने भएकाले  यो विषयलाई केन्द्रीय कमिटीमै पठाउने निर्णय गरिएको  अध्यक्ष शाहीले बताए।  क्षेत्र २ बाट करवीर शाही, कृष्णवहादुर विसी र रत्नप्रसाद न्यौपानेको नाम सर्वसम्मत रुपमा  टुंगिएको  छ।  क्षेत्र १ का उम्मेदवारको टुंगो लगाउन  एमालेको प्रदेश तथा जिल्ला समन्वय समितिका सदस्यहरुले  मतदान गरेका  थिए। 

माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेलको केन्द्रमा सहमति भएपछि  हौसिएका एमाले नेताहरु टिकटका लागि आफ्नो आफ्नो पक्षको लविङमा लागेका छन्।

यसअघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सबै उम्मेदवारहरु सर्वसम्मत रुपमा टुंग्याएको छ। कांग्रेसबाट प्रतिनिधि सभाका लागि वर्तमान सांसद राजीव विक्रम शाह, प्रदेश सभाका लागि  क्षेत्र नम्बर १ बाट वेदराज सिंह र २ बाट पूर्वसांसद तथा पार्टी सभापति  दिपकजंग शाहको नाम टुंगिएको  छ। माओवादी केन्द्रबाट भने प्रतिनिधि सभाका लागि पूर्व गृहमन्त्री तथा  सांसद शक्तिबहादुर बस्नेत, प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नम्बर २ बाट जीवन रुपान्तरण अभियानका लागि विश्व चर्चित नरवहादुर कार्कीको नाम सर्वसम्मत रुपमा टुंगिएको छ।  जिल्लामा त्रिपक्षीय प्रतिष्पर्धा कडा देखिन्छ।

प्रकाशित: २१ आश्विन २०७४ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App