५ वैशाख २०८१ बुधबार
समाज

सीमारक्षा आन्दोलनका नायक देवनारायण आज छुट्दै

भारतीय प्रहरीको थुनामा रहेका देवनारायण र उनका छोरा अजय। फाइल तस्बिर

लहान– एकसाता देखि भारतीय प्रहरीको थुनामा बन्द सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायण यादव आज थुनामुतm हँुदैछन् । उनी र उनका छोरा अजयमाथ लगाइएको अपहरण तथा शरीर बन्धकको मुद्दाउपर शुक्रबार सुनुवाई सकिएर आज अदालतबाट आदेश जारी हुँदैछ ।

सप्तरीका प्रहरी प्रमुख(एसपी) मुकेश सिंहका अनुसार शुक्रबार देवनारयण, उनका छोरा अजय र अपहरित भनिएकी उनकी बुहारी ज्योती कुमारीको बयान जिल्ला सत्र न्यायालय वीरपुरमा सकिएको जानकारी भारतीय समकक्षीले गराए । देवनारायण पक्षका अधिवक्ता प्रभाकर सिंहले बहस गरिरहेका छन् ।

‘न्यायिक तथा प्रशासनिक प्रक्रियामा कुनै झमेला नभए देवनारायण आजै छुट्ने जानकारी हामीले पाएका छौं,’ एसपी सिंहले नागरिकन्युजसँग भने ।

जिल्ला सत्र न्यायालय वीरपुरमा मंगलबारबाट यो मुद्दामा थुनछेक बहस चलिरहेको छ । शनिबार न्यायाधीशले देवनारायण र उनका छोरा अजयलाई सामान्य तारेख वा  धरौटीमा रिहा गर्नसक्ने देवनाराणपक्षका अधिवक्ता सिंहले सप्तरी प्रसाशन प्रमुखलाई जानकारी गराएका छन् । आदलतमा बयानका लागि ज्योतीलाई लिएर देवनारायाण परिवार मंगलबारदेखि वीरपुरमा छन् ।

भारत कुनौली १ की ज्योती कुमारी र देवनारायणका छोरा अजय छ महिनाअघि अन्तरजातीय प्रेम विवाह गरेका थिए । त्यसपछि ज्योतीका परिवारले देवनारायण उनका छोरा अजयसहित चारजनाउपर अपहरण तथा शरीर बन्धक मुद्दा कुनौली थानामा दर्ता गराएका थिए ।
अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा कुनौली प्रहरीले उनीहरुलाई असोज १५ मा पक्राउ गरेको थियो ।
सप्तरी कोइलाडी तिलाठी–२ तिलाठी टोलका देवनारायण भारतीय बलजफ्तीविरुद्ध ०७३ असोज १३ गत्ते तिलाठीमा भएको आन्दोलनका नायक हुन् । उनी सीमामा भारतीय सीमासुरक्षा बलले नेपाली नागरिकमाथि गर्ने बलमिच्याइँको निरन्तर बिरोध गर्दै आएका छन् ।
सीमारक्षा अभियानको नेतृत्व गरेकै कारण  देवनारायणलाई मनोबल कमजोर पार्ने उद्देश्यले कारबाही गरेको तिलाठीबासीको गुनासो छ । अपहरित भनिएकी ज्योतिले आफू राजीखुसी अजयसँग प्रेम विवाह गरेको अदालतमा बयान दिएकी छन् । उनले सप्तरीका प्रहरी र प्रशासन प्रमुखसमक्ष पनि यही भनाई दोह¥याउँदै आफूखुसी साथ जीवन बाँचिरहेको बताउँदै दिएकी छन् ।
नेपाल सरकारका गृहमन्त्री जनार्दन शर्माले देवनरायण रिहाईका लागि उनी पक्राउ परेदेखिनै सक्रिय पहल गर्दै आएका छन् । मन्त्री शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेलाई यादवको रिहाईका लागि सक्रिय पहल गर्न निर्देशन दिएका थिए ।

एसपी मुकेश सिंह र प्रजिअ पाण्डे भारतीय समकक्षीसँग निरन्तर सम्पर्कमा बसेर यादव रिहाईका लागि सक्रिय पहल गर्दै आएका छन्

प्रकाशित: २१ आश्विन २०७४ ०७:०६ शनिबार

सीमारक्षा आन्दोलनका नायक देवनारायण छुट्दै