coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वाम गठबन्धनले भारत र चीन सन्तुष्ट : एमाले नेता भट्टराई

ताप्लेजुङ- नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराइले छिमेकी मुलुक भारत र चिन नेपालका राजनीतिक दलका पछिल्ला गठबन्धन र समीकरणबाट सन्तुष्ट भएको बताएका छन्।

नेपालमा स्थायित्व हेर्न चाहने भारत र चीनको आकांक्षा रहेको भए पछिल्ला गठबन्धन बाट छिमेकी मुलुक अरु बढी उत्साहित हुनुपर्ने उनको भनाइ छ। शनिबार बिहान प्रेश चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराइले नेपालको साशकीय स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी सबैभन्दा सुहाउँदिलो हुने भए पनि नेपालका दलहरु त्यो अभियानबाट चुकेकाले विद्यमान संवैधानिक व्यवस्थाअनुसारको सासकिय प्रणाली भित्रको सुन्दरता खोज्न पछिल्ला गठबन्धन बनेको बताए।

उनले कांग्रेसको अगुवाइमा बन्ने चर्चा चुलिएको लोकतान्त्रिक शक्तिको स्वागत पनि गरेका छन्। एक सिट रहेको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा एमालेबाट सर्वसम्मत उम्मेदवार चयन भएका नेता भट्टराइले एमालेका कारण माओवादी र माओवादी कारण एमाले सच्चिएको तर्क गरे।

दलहरुका पछिल्ला समीकरणले उनकै भाषामा प्रगतिशिल र पुँजीवादी शक्तिबीच बृहत राजनीतिक ध्रुवीकरण हुने उनको भनाइ छ। देशमा साशकीय प्रणालीको प्रगतिशलि र पुँजीवादी शक्तिबीच तिब्र तर स्वस्थ्य धुव्रीकरण हुनुपर्नेमा उनको जोड थियो।

नेता भट्टराइले मंसिर १० र २१ को निर्वाचनलाइ एकदिन तलमाथि पारे एमालेलाई मान्य नहुने बताए। कांग्रेसलाई विदेशी शक्तिले विद्यमान संसद विघटन गरेर निर्वाचनको मिति सार्न उक्साइरहेको सूचना आफूहरुले पाएको भन्दै नेता भट्टराईले त्यसो हुन गएमा कांग्रेसका लागि समाप्तीको दिनगन्ती सुरु हुने बताए।

प्रकाशित: २१ आश्विन २०७४ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App