७ वैशाख २०८१ शुक्रबार
समाज

अटो रिक्सा दुर्घटनामा एकको मृत्यु

दाङ- अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन्। 

घाइतेमध्ये घोराहीकी टीका खनाललाई उपचारका लागि नेपालगञ्ज सिफारिस गरी पठाइएकोे छ भने पवित्रा भुसालको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: २१ आश्विन २०७४ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App