८ वैशाख २०८१ शनिबार
अन्य

कथा : समवेदना

विमल भौकाजी

 

टिरिङ...
मोबाइलमा म्यासेजको संकेत देखापर्यो ।
०००

 

सिउँदोको सिन्दुर पुछिइसकेको छ ।
हातका राता चुरा फुटाइसकिएका छन् ।
शरीरमा सेता कपडा लपेटिइसकेको छ ।
अब उनी विधवा ।
उनका कुनै सपना शेष छैनन् । खुसी बाँकी छैन । रहर बाँकी छैन । थियो उनको एउटा संसार, उनको भगवान्, अब ऊ नै नरहेपछि एक्लो बाँच्नुको अर्थ के ?
हो, उनको जीवनमा कोही नआइदिएको भए कुरो बेग्लै हुन्थ्यो । आज कसैलाई गुमाउनुको पीडा आत्मसात् गर्नु त पर्दैनथ्यो । तर आइदियो । सामाजिक संस्कार बनेर आइदियो । र, आइसकेपछि उनको जीवनमा सांसारिक मायाजाल बनेर बसिदियो । जब कि आज त्यही मायाजालको पासोमा बेरिएर अधकल्चो बाँच्नुपर्ने परिस्थिति खडा भइदिएको छ ।

‘मामू !
तपाईंका प्रिय पतिको निधनको खबरले म निकै दुःखित भएको छु । यो शोकको घडीमा ईश्वरले तपाईंलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् !’
उफ् ! के यो ? के, यो म्यासेज लेखेर पठाउने मेरै छोरो होइन ? तब... ? यस्तो संवेदनशील घडीमा पनि कसरी यस्तो संवेदनहीन हुन सकेको ?
उनले आफैँलाई चिमोटिन्, कतै सपना त होइन यो ?


०००
‘म तिमीलाई प्रेम गर्छु ।’
आफ्नो कानमै एक पुरुष–फुसफुसाहट सुनेको आजैजस्तो लाग्छ उनलाई ।
कस्तो समय थियो, कुन्नि त्यो ! कुनै एक परपुरुषले अनायासै त्यसरी बोलिदिँदा पनि उनलाई क्रोध जाग्नु त कता हो कता, भित्रभित्रै कता–कता काउकुती पो लागेको थियो ।
अर्को दिन त्यही पुरुषले पछिल्तिरबाट उनका आँखा छोपिदिएको थियो । त्यो आँखा छोपिनु, अनि आफ्नो शरीरभरि एउटा भिन्नै किसिमको तरंग दौडिनु... अहा, भित्रभित्रै रोमाञ्चित भएकी थिइन् उनी ।
क्रमशः सिलसिला चली नै रह्यो त्यसरी नै, जुन सिलसिलाले ‘पवित्रप्रेम’को संज्ञा पाइसकेको थियो ।
अन्ततः त्यही प्रेमको धागोमा गाँसिएर एक दिन ‘स्वास्नीमान्छे’मा परिणत भइन् उनी । त्यो दोस्रो मान्छेको नितान्त व्यक्तिगत स्वास्नीमान्छे !
०००
असाध्यै सुखद् थियो उनको प्रेमको परिणति, दाम्पत्य जीवन ।
घर सानो थियो उनको । र, त्यही सानो घरमा प्रेमको विशाल पैmलावट, जसको आकार नाप्न सकिने कुनै यन्त्र बनेको थिएन संसारमा ।
साँच्चै मायाको आकार कत्रो हुन्छ हँ ?
अथाह मायाको भण्डार थियो, उनको पतिको छातीभित्र । त्यसैले त शारीरिक वा मानसिक सानोतिनो घटना, दुर्घटनाले उनलाई चोट पु¥याउन सक्दैनथ्यो । आइपरेका बेला उनको पतिप्रेम उसलाई मलमपट्टि गर्न हाजिर भइहाल्थ्यो ।
भन्ने गर्थे बारम्बार उनका पतिदेव, ‘प्रेमपूर्वक जिउनुमा नै वास्तविक जीवनको अर्थ खुल्छ ।’
उनको पतिको यो जीवनदर्शनलाई उनले सधैँ सकारिरहिन् । किन सकारिरहेकी थिइन् भने उनले आफू बाँचेको समाजमा प्रायः सबै मान्छे दुःखी देखेकी थिइन् ।
उनलाई सधैँ लागिरहन्थ्यो, मान्छेहरू खुलेर किन हाँस्न नसकेको होला ? खास गरेर जो–कोही पतिपत्नी सदैव एउटा न एउटा तनाव बोकेर बाँचेको देखिरहन्थिन् उनले । बस्, यस मामिलामा उनले आपूmलाई बडो सौभाग्यशाली सम्झेकी थिइन् । एक प्रकारले उनी ठान्थिन्, कथित स्वर्ग कहीँ छ भने मैले भोगेको यो जीवन नै स्वर्ग हो ।
उनी आफ्नो स्वर्गमा खेल्थिन् ।
स्वर्गमा गाउँथिन् ।
स्वर्गमा नाच्थिन् ।
अर्थात्, पति प्रेमको स्वर्गमा रमाइरहन्थिन् ।
र, उनको त्यो ‘रमाउनु’लाई देख्नेले सम्भवतः उनीसँग इष्र्या गर्ने गर्थे पक्कै पनि । तर उनले आफ्नो ‘दाम्पत्य–जीवन’लाई हेर्नेहरूको कुनै पनि दृष्टिकोणप्रति कहिल्यै चासो लिइनन् । हरहमेसा उनी आपूm आपैmँमा बाँच्ने गरिरहिन् ।
०००
उनको जीवनमा अर्को एउटा सुखद् पूmल फुल्यो ।
पतिप्रतिको अगाध प्रेम र उनी आपूmप्रतिको पतिप्रेमले खडा गरेको विश्वासको आधारशीला बनेर उनको घरमा तेस्रो जीवात्मा पैदा भयो । जसरी कुनै नगरिएको रहर यान्त्रिक रूपमा प्रेममा परिणत भएथ्यो, सम्भवतः त्यही प्रकारले थाहै नभई उसको गर्भमा एउटा भ्रूण बास बसिसकेछ । जब यसको पुष्टि भयो तब उनलाई लाग्यो, प्रेमको रूप यस्तो पनि हुँदो रहेछ ।
शारीरिक प्रेम भनेको अपवित्र प्रेम हो भनेर मान्छेहरूले भन्ने गरेका कुरा उनका लागि यतिखेर सतप्रतिशत मिथ्या साबित भएको थियो । वास्तवमै आपूmले गर्भधारण गरेपछि उनलाई ज्ञान प्राप्त भएभैmँ भयोे, प्रेम भनेको छातीभित्र उर्लने माया मात्रै होइन रहेछ ।
कुनैबेला बिपी कोइरालाको एउटा उपन्यास पढेकी थिइन् उनले । यतिखेर त्यो उपन्यासमा एउटा पात्रले बोलेको संवाद याद आयो उनलाई । उपन्यासको एउटा कुनै पृष्ठमा त्यो पात्र एउटा महान् प्रश्न गर्छ, ‘प्रेममा शरीर अप्रासंगिक छ र ?’ यस अर्थमा, संवादात्मक यस धारणालाई महावाणीझैँ स्वीकार गरिन् उनले–
पवित्र प्रेमका लागि शरीर पनि आवश्यक रहेछ ।
०००
जब पूर्ण विकसित भएर एउटा निश्चित समयमा उनको घरमा नयाँ सदस्यले पदार्पण ग¥यो, त्यस समयमा उनको खुसीको सीमा नाप्नै नसकिने भयो । उनका आँखाबाट झरिरहेका हर्षका आँसुका थोपाले त्यसको मापन गर्न सकिरहेका थिएनन् ।
प्रेमको सुरुवाती दिनको विश्वासलाई सम्मान गर्दै त्यो नयाँ सदस्यको नाम नै ‘विश्वास’ राखियो ।
०००
‘मामु !’
तोते बोलीमा विश्वासले जब आपूmलाई सम्बोधन गर्न लाग्यो, उनलाई त्यो सम्बोधनले अथाह आनन्द प्राप्त हुन्थ्यो । तर, यही समयबीच उनलाई थाहै भएन, त्यतिन्जेलसम्म आपूmभित्रको प्रेमको भण्डारमा पनि केही तल–माथि भइसकेछ । जब एक दिन उनलाई महसुस भयो, पतिदेवमाथि समर्पित धेरै समय उनीबाट चोरी भएछ र त्यो समय चोरी गर्ने अरू कोही होइन, उनको मायालु छोरो विश्वास थियो ।
एक दिन त उनका पतिदेवले मुख खालेरै भने, ‘मैयाँ, के अब म थोत्रो भएकै हुँ त ?’
त्यसो त, प्रश्न हस्यौली पाराको सामान्य नै थियो तर अर्कोतर्पm त्यो प्रश्नभित्र असामान्य भाव थियो
प्रश्नभित्र अव्यक्त पीडा थियो ।
प्रश्नभित्र प्रेमको आग्रह थियो ।
आग्रहभन्दा बढी आसक्ति थियो ।
तथापि, दिनहरू सामान्य अवस्थामै गुज्रँदै गए ।
०००
विश्वास अब स्कुल जाने भयो ।
शरीरमा स्कुलको सुकिलो युनिफर्म ।
पिठ्युँमा स्कुले ब्याग ।
बडो स्मार्ट देखिन्थ्यो विश्वास । अत्यन्तै मनमोहक !
स्कुल–बससम्म उसलाई पु¥याउन उनी आपैmँ जान्थिन् । जाँदा, कोमल हातले उनका औँला समातेर टुकुटुकु हिँडिरहेका विश्वासका फुच्चे पाइला कति रहरलाग्दो हुन्थ्यो । आहा ! सम्झँदैमा पनि उनी रोमाञ्चित हुन्थिन् ।
आज ऊ तेस्रो मुलुकमा उच्च शिक्षा अध्ययन गर्न गएको छ ।
०००
टिरिङ ...
झल्याँस्स भइन् उनी अतीतका यी दृश्यबाट ।
झस्किनुपर्ने कारण थियो मोबाइलमा देखापरेको म्यासेजको संकेत ।
आँसु झर्दा–झर्दा थाकिसकेका शिथिल आँखाले हेरिन् उनले म्यासेज–बक्समा ।
यो के ? ...एकाएक उनका आँखा विस्फारित भए ।
म्यासेज उनकै प्रिय छोरा विश्वासको थियो ।
तसर्थ, उत्सुक मन लिएर आतुर–आतुर उनले म्यासेज खोलिन् ।
म्यासेजका पंक्तिमा उनका आँखा बग्न लागे–
‘मामू !
तपाईंका प्रिय पतिको निधनको खबरले म निकै दुःखित भएको छु । यो शोकको घडीमा ईश्वरले तपाईंलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् !’
उफ् ! के यो ? के, यो म्यासेज लेखेर पठाउने मेरै छोरो होइन ? तब... ? यस्तो संवेदनशील घडीमा पनि कसरी यस्तो संवेदनहीन हुन सकेको ?
उनले आपैmँलाई चिमोटिन्, कतै सपना त होइन यो ?
अहँ होइन, यथार्थ थियो त्यो ।
फेरि म्यासेज दोहो¥याइन्, तेह¥याइन् ।
के यो मेरो दुःखप्रतिको सहानुभूति हो ?
कि मेरो जीवनप्रतिको कठोर व्यंग्य ?
होइन भने जसको निधन भएको छ, के ऊ तिम्रो पिता होइन र ?

प्रकाशित: २१ आश्विन २०७४ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App