coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' (फोटो फिचर)

काठमाडौं- 'कहीँ नभएको जात्रा हाँडीगाउँमा' यो उखान नेपाली समाजमा चर्चित छ। यो सत्यनारायणको जात्रा हो। जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट हांडीगाउंमा हुने गर्दछ। परापूर्वकालमा त्यहाँकी राजकुमारीले सत्यनारायणको अपहेलना गरेका कारणले १२ वर्षसम्म सुत्केरी हुन सकिनन्।

यो जात्रा गरेपछि राजकुमारी सत्केरी भइन् भन्ने विश्वास रहँदै आएको छ। यस जात्राको विषेशता भनेको रथको सवैभन्दा माथी सत्यनारायण भगवानको मूर्ति राखिएको हुन्छ । त्यसपछि तीनतले छाना हुन्छ र अन्तमा गजुर तलतिर फर्काएर राखिएको हुन्छ। यसलाई स्थानीय भाषामा चोकादेः जात्रा पनि भनिन्छ। जात्रा गर्दा छतलाई फनफनि धुमाउँदै टोल परिक्रमा गराउने गरिन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App