१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उम्मेदवारलाई समानुपातिकमा चासो

रोल्पा- मंसिर १० नजिँकिदै गर्दा दलहरुले उमेद्वारको नाम सिफरिसको टुङगो लगाएका छन्। रोल्पामा प्रत्यक्ष भन्दा समानुपातिक तर्फ नाम सिफरिसको आकांक्षा देखाएका छन् । चुनाबि तालमेलको चर्चा चलिरहेको भए पनि दलहरुले आ आफ्नो उमेद्वारको नामावलि टुङगाएका हुन्।

आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेस रोल्पाले उम्मेदवारहरुको नाम केन्द्रीय कार्यसमितिमा पठाएको छ । काँग्रेस रोल्पाको सम्पन्न जिल्ला कार्यसमिति वैठकले संघको प्रत्यक्ष तर्फ सिँचाई राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक तर्फ पूर्व सहायकमन्त्री भिमकुमारी बुढा, पूर्व जिल्ला सभापति माधवप्रसाद आचार्य, नारायणप्रसाद सुवेदी, मिश्रिकुमारी हमाल, कविता उपाध्यय, पूर्व सहायकमन्त्री रेगबहादुर सुवेदी, सिमबहादुर विष्ट, दलसिंह कामी, हरिबहादुर रानाको नाम सिफारिश गरेको काँग्रेस रोल्पाले जनाएको छ ।

यस्तै प्रदेश सभा तर्फ प्रत्यक्षमा क्षेत्र नं. १ मा जिल्ला सचिव शेरबहादुर महरा र क्षेत्र नं. २ मा कोषाध्यक्ष खट्कबहादुर खत्री, खगेन्द्र प्रकाश हमाल, दिपक श्रेष्ठको नाम सिफारिश गरेको छ ।

प्रदेश सभाका लागि समानुपातिक तर्फ निर्वाचन क्षेत्र नं. १ मा पूर्व सांसद् लेखनाथ आचार्य, तिजा विष्ट, महासमिति सदस्य एवम् नेविसंघ पूर्वमहामन्त्री मनोजमणि आचार्य, महाधिवेशन प्रतिनिधि श्रीकुमारी रोका, मनिकला राना, पदम विष्ट, देवा आचार्य र पुष्पा श्रेष्ठको नाम रिफारिस भएको छ । क्षेत्र नं. २ बाट झक्कुप्रसाद घर्तीमगर, बमबहादुर रोकामगर, सचिव मोहन परियार, धनबहादुर रसाइली, टीका बुढाथापा, शंकबहादुर छन्त्याल, टेकबहादुर बस्नेतको नाम रिफारिस गरेको हो ।

नेकपा एमालेले पनि आफ्नो उमेद्वारको नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ पोलिटब्युरो सदस्य तथा सचेतक गोकुल प्रसाद घर्ती र समानुपातिक तर्फ कुमार दसौदी परेका छन । प्रदेशसभामा प्रत्यक्ष तर्फ  क्षेत्र न. १ मा प्रसुराम घर्ती र २ मा जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीको नाम सिफारिस गरिएको छ ।

समानुपातिक तर्फ १६ जनाको नाम पठाएको छ । पृथ्बीप्रसाद रोका, निमप्रसाद रोका, राजकुमार कक्षपति, भुपमणीपुन,चन्द्रकुमारी पुन, नेपबहादुर डाँगी, दिलबहादुर केसी, मित्रलाल घर्ती, हरिप्रसादवली, आशाराम गुरुङ, गोपाल डाँगी, दानबहादुर डाँगी, कुशबहादुर पुन, मनसिंङ डाँगी, मेगबहादुर रोका, मिना बुढाको नाम सिफारिस गरि पठाएको जनाएको छ।

माओवादी केन्द्रले भने केहिदिन अगाडि नै आफ्नो उमेद्वारी टुङगाएको थियो । संघमा प्रत्यक्ष तर्फ पूर्व अर्थमन्त्री वर्षमान पुनमगरलाई चुनावी मैदानमा भिडाउने भएको छ । यसैगरी प्रदेशका लागि क्षेत्र नं. १ बाट माओवादी केन्द्रका सचिवालय सदस्य जोखबहादुर महरा र कुलप्रसाद केसीको नाम सिफारीस गरेको छ। भने क्षेत्र नं. २ बाट केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगर लड्ने भएका छन्।

यस्तै समानुपातिक तर्फ केन्द्रीय संसद्का लागि पूर्वमन्त्री जयपुरी घर्तीमगर, सभामुख ओनसरी घर्तीमगर र प्रदेशका लागि क्षेत्र नं. १ बाट चन्द्रबहादुर बुढामगर, मिना बुढामगर, पवन कुमार कवँर, ओमबहादुर पुनमगर, सीता आचार्य, राजकुमार कुवँर, इन्द्र बहादुर रोकाको नाम सिफारिश गरिएको छ । २ नं. निर्वाचन क्षेत्रका लागि सुरेन्द्र थापा घर्ती, तोप बहादुर डाँगी, कर्मलाल परियार, रामधन पुनमगर, हरीसरा घर्तीमगर, भक्तबहादुर वली, काशीराम बुढामगरको नाम सिफारिश गरिएको छ।

           

प्रकाशित: २० आश्विन २०७४ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App