८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रपति भण्डारीद्वारा स्याप्रु–मैलुङबेशी सडकको अवलोकन

रसुवा – राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधिन मैलुङ–स्याफ्रुबेशीँ सडकको हेलीकप्टरबाट अवलोकन गरेकी छिन् । 

शुक्रबार नेपाली सेनाको हेलीकप्टर मार्फत रसुवा आएकी उनले नेपाल चीन जोड्ने सडकको अवलोकन गरेकी हुन्। 

शुक्रबार बिहान ८ बजे धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गरेकी भण्डारीले स्नान पश्चात जिल्लामा रहेका धार्मिकस्थल, पर्यटकीय क्षेत्र, पदमार्ग, नाका जोड्ने सडक र कालिजंग गणको बारेमा जानकारी लिएकी बताइएको छ। 

गोसाइँकुण्डबाट फर्किएपछि लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गण पुगेर गण जिल्लामा आएपछि गरेका क्रियाकलापको बारेमा जानकारी लिएकी गणले जनाएको छ। 

रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जिल्लाको वस्तुस्थिति बारे जानकारी गराएकी थिइन्। 

 

प्रकाशित: २० आश्विन २०७४ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App