coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चोरी आरोपमा बालिकालाई चरम यातना

विराटनगर-  पैसा चोरेको आरोपमा मोरङको बेलवारीमा एक १४ वर्षिया दलित वालिकालाई चरम यातना दिइएको छ। बेस्सरी कुटपिटपछि ती वालिकाको अनुहारमा कालोमोसो दलेर जुत्ताको माला पहिर्‍याइदिएर बजार घुमाउने क्रममा प्रहरीले उद्दार गरेको हो।

मोरङको बेलबारी–२ देबीथानडाँडामा बिहिबार दिँउसो स्थानीय १४ बर्षीया परियार थरकी बालिकालाई चोरीको आरोपमा कालोमोसो दलेर जुत्ताको माला लगाइदिएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले उद्दार गरेको हो । ‘वालिकालाई यातना दिइरहेको अवस्थामा प्रहरी टोली पुगेर उद्दार गरेको हो,’ इप्रका बेलवारीका प्रमुख इन्सपेक्टर रामजी कटवालले भने, ‘यातना दिने दुईजनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।’

कुटपिटबाट घाइते भएकी बालिकालाई स्थानीय मेडिकलमा उपचार गराइएको छ । आर्थिक अबस्था कमजोर भएकी ती बालिकाका बुबा भारतमा मजदुरी गर्छन्। उनकी आमा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरी कहाँ पुगेकी थिइन्।

पीडित बालिकाले आफुले पैसा नचोरेको र आफुले लिनुपर्ने पैसा लिँदा आफुलाई कुटपिट गरी कालोमोसो दलेको गुनासो गरिन कक्षा ६ मा अध्यायनरत ती बालिका कुटपिटका कारण अवाक बनेकी छन्।

वालिका यातनामा संलग्न ४५ बर्षीय दुर्गा चौधरी र ५० बर्षीय कुलदिप कुँवर दनुवार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सार्बजनिक अपराध ऐन अन्तर्गत कारबाही चलाइएको इन्सपेक्टर कटवालले जानकारी दिए। वालिकामाथि दुर्गाको ७ सय रुपैयाँ चोरेको आरोप छ । प्रहरीसंगको वयानमा दुर्गाले पैसा चोरेका कारण वालिकालाई कुटपिट, कालोमोसे दलेर बजार घुमाएको स्वीकार गरेको इन्सपेक्टर कटवालले बताए।

प्रकाशित: २० आश्विन २०७४ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App