७ वैशाख २०८१ शुक्रबार
कला

वेथितिविरुद्व 'बोल बोल सांसद बोल बोल' (भिडियो सहित)

काठमाडौं- स्वास्थ क्षेत्रको सुधारको लागि ८ औं पटक अनशन बसेका डा. गोविन्द केसीका सडकमा उत्तिकै समर्थक छन्। अघिल्लो शनिबार र यो शनिबार मात्र उनको पक्षमा सडकमा उत्रेका उनका समर्थकको संख्याले त्यो देखाउँछ। सडकमा मात्र होइन सामाजिक सञ्जालमा पनि उत्तिकै समर्थक छन्। केसीले उठाएका एजेन्डाको पक्षमा उनीहरुले खुलेर आफ्ना कुरा राखिरहेका हुन्छन्।

यस्तै डा. केसीका एजेन्डालाई समर्थन गर्दै युटुवमा एउटा भिडियो सार्वजनिक भएको छ। काठमाडौं कालोपुलका अमृतराज वैद्यले यस्तो गीत तयार पारेर युट्वमा राखेका हुन्। उनले आफ्नै रचना र स्वरमा भिडियो गीत तयार पारेका छन्। उनले गीतमा 'बोल बोल सांसद बोल बोल भ्रष्टाचारी जालो खोल...' भनेका छन्। उनको गीतमा वेथिति र माफियातन्त्र विरुद्ध सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनु पर्ने गीत मार्फत भनेका छन्। उनले 'आइएम विथ डा.केसी' भन्दै माफियातन्त्र माथि प्रहार गरेका छन्।

अहिले जनताले भोगिरहेको कुरालाई गीत मार्फत एक्सप्रेस गरेको वैद्यले बताए। 'हामी सवैले भोगिरहेको कुरालाई गीतमा ढालेको हुँ' बैद्यले भने। सबैको आक्रोसलाई संकलन गरेर गीत बनाएको बताए। करिब ४ मिनेट लामो भिडियो २ हजार भन्दा बढीले युटुवमा हेरिसकेका छन्।

प्रकाशित: १५ श्रावण २०७३ ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App