६ वैशाख २०८१ बिहीबार
समाज

जुवाकाे खालबाट राप्रपा नेता पक्राउ

धनकुटा – धनकुटाको पाख्रीबासबाट जुवा खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयवासीको उजुरीको आधारमा जुवाको खालमै पुगेर पक्राउ गरेको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।

पक्राउ पर्नेहरूमा राप्रपाका नेता दिलबहादुर गुरुङ र नेपाली कांग्रेस पाख्रीबास नगर समितिका सभापति कोविन मानन्धर समेत रहेका छन्।

जुवाको खालबाट ३ लाख ४५ हजार नगद, १६ थान कौडा र ३ गद्दी तास बरामद गरेको प्रहरी उपरीक्षक राजभण्डारीले बताए । विहीबार पक्राउ परेका उनीहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ। 

प्रकाशित: २० आश्विन २०७४ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App