coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अर्घखाँचीमा बस दुर्घटना हुँदा २ को मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले बताए। घाइतेहरूको उद्दार कार्य जारी रहेको र उनीहरुको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए। 

मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी– २ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेपछि दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु भएका मध्ये १ जनाको परिचय खुलेको छ । मालारनी ३ का १० वर्षीय अभियान आचार्यको परिचय खुलेको हो । अर्की अन्दाजी ३० वर्षीया महिला रहेको बताइएको छ । 

प्रकाशित: २० आश्विन २०७४ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App