७ वैशाख २०८१ शुक्रबार
समाज

फ्रुटीमा विष मिलाएर ज्वाईंद्वारा ससुराको हत्या प्रयास

विद्या रार्इ

भोजपुर– आफ्नै ससुरालाई खानेकुरामा विष मिसाएर हत्या गर्न खोजेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

षडानन्द नगरपालिका–२ का ३५ वर्र्षीय रुद्रबहादुर विकले आफ्नै ससुरा ६५ वर्षीय बेलनबहदुर विकको फ्रुटीमा विष मिसाएर हत्या गर्न खोजेको आरोपमा साउन १२ गते प्रहरीले पक्राउ गरेको हो।

रुद्रबहादुरले आफ्नै घर नजिक रहेको ससुरालीमा गएर ०७३ साउन ९ गते रियो फ्रुटी जुसमा सुपर साईवैर नामक बिषादी सिरिन्जद्वारा हालेर भान्सा कोठामा राखिदिएका दिए। घरको भान्साकोठा लगेर राखिदिएको भोलिपल्ट बेलनबहादुर र १८ वर्षीया बुहारी अप्सरा विकले भेटाएर खाँदा विरामी परेका थिए। विरामी परेपछि प्राथमिक स्वास्थ्य केन्द्र दिङलामा उपचार गर्ने क्रममा बिष भएको पत्ता लागेको थियो।

बिष भएको पत्ता लागेपछि अनुसन्धानपछि प्रहरीले रुद्रबहादुरलाई प्रक्राउ गरेको थियो। प्रक्राउपछि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार लम्सालले बताए।

प्रकाशित: १५ श्रावण २०७३ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App