१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँचथरमा साप्ताहिक सरसफाइ अभियान २२ औं हप्तामा

पाँचथर– नयाँ सहरका लागि प्रस्तावित सदरमुकाम फिदिममा हरेक शनिबार सरसफाइ गर्ने अभियान २२ औँ हप्तामा पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको संयोजनमा  फिदिम नगरपालिका, यहाँ बासिन्दा, प्रहरी कर्मचारीले फिदिम बजार सरसफाइ गरेका छन्।

पहिलो चरणमा बजार क्षेत्रका सडकका नाली सरसफाइ गरिएको छ। थुनिएको नाली सफा गरी पानी बग्न मिल्ने बनाउने प्रयास गरिएको डिएसपी कृष्णप्रसाद कोइरालाले बताए। सरसफाइमा स्थानियको सहभागिता बढ्न थालेको छ।

शनिबार बिहान भेला भएर टोल–टोलमा पुगी दुर्घन्धित बनेको नाली सरसफाई गर्ने काम भइरहेको छ। यसलाई निरन्तरता दिएर लैजाने योजना रहेको फिदिम नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राई बताउँछन्। माघदेखि सरसफाई सुरु भएको थियो।

शनिबार बिहान फिदिमको शिक्षा लाइनको नाली सरसफाई गरिँदै।

 

प्रकाशित: १५ श्रावण २०७३ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App