७ वैशाख २०८१ शुक्रबार
समाज

खोलामा डुबेर दुई बालिका बेपत्ता

रौतहट – रौतहटको डोरी खोलामा डुवेर दुई बालिका बेपत्ता भएका छन् । दुर्गा भगवती गाउँपालिका र माधवनारायण नगरपालिकाको बीचमा पर्ने डोरी खोलामा विहीबार दिउँसो बाख्रा चराउन गएकी दुई बालिका नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ।

दिउँसो साढे ३ वजेको समयमा बाख्रा चराउदै गरेकी दुवै बालिका अत्यधिक गर्मीका कारण खोलामा नुहाउन जाँदा रामनारायण दासको ८ वर्षीया छोरी ममताकुमारी दास र विकास दासको १० वर्षीया छोरी काजलकुमारी दास डुबेर बेपत्ता भएका हुन्।
 
खोलामा डुबेर बेपत्ता भएपछि उनीहरूसँगै बाख्रा चराउन गएका साथिहरूले उनीहरू डुबेर बेपत्ता भएको खवर स्थानीय अभिभावक तथा प्रहरीलाई दिएका थिए । खोलामा डुबेर बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको इप्रका गंगापिपराका प्रहरी नायव निरीक्षक उमाशंकर यादवले बताएका छन् ।

प्रकाशित: १९ आश्विन २०७४ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App