६ वैशाख २०८१ बिहीबार
खेल

मेघाङ गोल्डकपको उपाधी इन्द्रभूमी युवा क्लवलाई

विजयी टिमलार्इ ट्रफी प्रदान गर्दै सांसाद बहादुर लामा । तस्बिर : भगवती लामा

नुवाकोट – दशैँको अवसर पारी आयोजना गरिएको प्रथम मेघाङ गोल्पकप फुटबल प्रतियोगिताको उपाधी इन्द्रभूमी युवाक्लब गोगनेले हात पारेको छ । 

नुवाकाटको मेघाङ गाँउपालिकाको देउराली स्थित भूमेदेवी मावीको खेल मैदानमा भएको फाइनल खेलमा बलियो प्रतिस्पर्धी आयोजक स्टार एलजी युवा क्लब गोगनेलाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै इन्द्रभूमी युवाक्लबले उपाधिसँगै नगद ५५ हजार ५ सय ५० रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ।

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउट मार्फत गरिएको हो । प्रतियोगिताको उपबिजेता आयोजक स्टार एलजी युवा क्लबले नगद २५ हजार ५ सय ५० रुपैयाँ, ट्रफी र मेडल पाएको छ ।

उत्कृष्ट भएको क्बललाई पुरस्कार प्रदान गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् व्यवस्थापिका संसद्का सदस्य बहादुरसिंह लामा तामाङले खेलबाट आपसी एकता, शारिरीक रुपमा स्वस्थ्य र रचनात्मक कलाको विकास हुने भएकाले खेलको प्रबद्धनको लागी सदैव सहयोगको प्रतिबद्धता जनाए।  

मेघाङ गाँउपालिकामा रहेका २१ क्बलको सहभागितामा दशै पर्वलाई समेत लक्षित गरी सञ्चालन भएको खेलले सिङ्गो गाँउपालिकालाई एक बनाएर युवा वर्गलाई विकृति विसङ्गती तथा नकारात्मक क्रियाकलाप भन्दा पनि खेलको अभ्यासमा तल्लिन गराएर सद्भाव कायम गर्न सफल भएको भन्दै तामाङले आगामी दिनमा समेत खेल बिधाका अन्य प्रतिस्पर्धात्मक प्रतियोगिता सञ्चालन गर्न सुझाव दिएका छन्।

यस्तै, मेघाङ गाँउपालिका अध्यक्ष आशा तामाङले क्लव मार्फत सञ्चालन गरेको खेललाई गाँउपालिकाबाट पनि सहयोग उपलब्ध गराउने जानकारी दिएका छन् । अध्यक्ष तामाङले भने, “गाँउपालिकाले नै खेल क्षेत्रमा लागेका क्लब र समूहलाई प्रतियोगिता आयोजना गर्न उत्प्रेरित गराएर त्यसको लागी गाँउपालिकाबाट आर्थिक एंव प्राविधिक सहयोगको लागी पहल जारी रहनेछ।”

आयोजक स्टार एलजी युवा क्लबका कार्यवाहक अध्यक्ष सिंहबहादुर तामाङले पहिलो पटक अयोजना गरेको प्रतियोगिताबाट उत्साहित भएकाले आगामी दिनमा अझ धेरै क्लबको सहभागिता र व्यवस्थित रुपमा प्रतियोगिता गराउने बताए।

प्रकाशित: १९ आश्विन २०७४ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App