काठमाडौं – लामो समयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो।
प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिइने साहित्यिक पुरस्कार विहीबार रसियन कल्चर सेन्टरमा आयोजित एक समारोहकाबीच यस वर्षमा तीनजना सर्जकलाई प्रतिष्ठानका अध्यक्ष तथा लेखक जीवा लामिछानेद्वारा प्रदान गरिएको हो । प्रतिष्ठानले प्रत्येक स्रष्टालाई दुई–दुई लाख नगद र प्रमाणपत्रले हरेक वर्ष सम्मान गर्दै आएको छ।
वि.सं. २०२८ देखि साहित्यिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा नगेन्द्रराज शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ र ‘पीपलको बोटमुनि’ र एकान्तका आफन्तहरु कथासंग्रह प्रकाशित छन् । शर्माका विभिन्न पत्रपत्रिकामा कविता, कथा र निबन्धहरु प्रकाशित छन् । शर्मा २०२७ देखि ‘अभिव्यक्ति’ दुइमहिने साहित्यिक पत्रिकाका सम्पादन समेत हुन्।
यसैगरी वि.सं. २०१८ देखि ‘रचना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका रोचक घिमिरे ‘सम्झनामा फक्रिएका थुँगाहरु’ ‘अनुहार र अनुभूति’ निबन्ध संग्रह प्रकाशित छन् । उनका विभिन्न पत्रपत्रिकामा कविता, कथा र समसामयिक लेखहरू प्रकाशित छन् । अर्का पुरस्कृत श्रष्टा नवराज पराजुलीलाई यस वर्षको कविता संग्रह ‘सगरमाथाको गहिराई’ लाई प्रदान गरिएको हो । यसअघि प्रतिष्ठानद्वारा राष्ट्रकवि माधव घिमिरे, वरिष्ठ आख्यानकार स्वर्गीय मदनमणी दीक्षित, वरिष्ठ साहित्यकार सत्यमोहन जोशी, ध्रुवचन्द्र गौतम र वैरागी काँइला साथै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरिसकेको छ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा.रविन्द्र समिरद्वारा स्वागत मन्तव्य दिएका थिए भने प्रतिष्ठानका अध्यक्ष तथा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षसमेत रहेका जीवा लामिछानेद्वारा संस्थाको गतिविधिबारेमा प्रकाश पारेका थिए। कार्यक्रममा पुरस्कृति साहित्यकारहरू नगेन्द्रराज शर्मा, नवराज पराजुलीले मन्तव्य दिएका थिए । कार्यक्रममा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत