coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्या र डकैती अभियोगमा फरार मोस्ट वान्टेड पूर्व सैनिक १० वर्षपछि पक्राउ

अभियुक्त प्रकाश सिंह ठकुन्ना

काठमाडौँ – तीन जनाको हत्या, दर्जनौ डकैती र उपत्यकामा बम पड्काएको अभियोगमा १० वर्षदेखि फरार रहेका सशस्त्र भूमिगत समूहका सदस्य प्रकाश सिंह ठकुन्ना पक्राउ परेका छन् । 

दर्जनौ अपराधमा संलग्न रहेको अभियोगमा प्रहरीले १० वर्षदेखि खोजी गरिरहेका उनी बिहीबार महेन्द्रनगरको तिलाचौरमा ट्याक्टरले खेत जोतिरहेको अवस्थामा फेला परेका हुन् । 

ठकुन्ना राष्ट्रिय विभूति सेना नामक सशस्त्र भूमिगत समूह गठनगरी उपत्यकाका तीन जनाको हत्या गरेको, १ करोड ७ लाख डकैती भएको ११ वटा श्रृंखलावद्ध डकैती र भोटाहिटीमा बम विष्फोट गराएको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । 

१० वर्ष अगाडि पक्राउ परे पनि प्रहरीसँग सेटिङ मिलाएर भागेका उनलाई खोज्न १० वर्षदेखि प्रहरीको विभिन्न निकाय खटिएको थियो । उनलाई बिहीबार खेत जोत्दाजोत्दै पक्राउ गरेर महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार काठमाडौं ल्याएको छ । 

महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी हत्या र सशस्त्र गतिविधीको अभियोगमा ठकुन्ना फरार रहेको सूचनाको आधारमा उनलाई पक्राउ गरी उनको आपराधिक पृष्ठभूमीबारे अनुसन्धान शुरु भएको बताए । 

लोहनीका अनुसार ठकुन्नाको नाममा उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा हत्या, विष्फोटक घटना र डकैतीको अभियोगबारे मिसिल रहेकाले मिसिल मगाएर अध्ययन गर्ने काम शुरु गरिएको जानकारी दिए । 

प्रहरी रेकर्ड अनुसार हत्या, डकैती, र विष्फोटको अभियोगमा २०६४ असार २१ मा महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरे पनि प्रहरीसँगको मिलेमतोमा उनी मध्यरात हिरासतकक्षबाटै भागेका थिए । 

महाशाखाले विहीबार महेन्द्रनगरको तिलाचौरबाट पक्राउ गरेर काठमाडौं ल्याएका ठकुन्नाले बयानमा आफूलाई बौद्धको हिरासत हेर्ने प्रहरीले बेलुका २ बजेतिर हिरासतकक्षको ढोका खोलेर भगाएको दावी गरेका छन्।

ठकुन्ना नेपाली सेनाका पूर्व जवान हुन् । जवानको रुपमा सेनाको उच्च अधिकारीको घरमा सहयोगीको रुपमा कार्यरतरहँदा घर नजिकैको खाजा घरकी युवतीको बलत्कार गरेको घटनामा उनको जागिर गएको थियो ।

प्रकाशित: १९ आश्विन २०७४ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App