८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसद्वारा ४२ जना उम्मेदवारको नाम सिफारिस, गिरी सर्वसम्मत

बाजुरा – नेपाली कांग्रेस बाजुराले आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट ४२ जनाको नामावली केन्द्रमा सिफारिस गरेको छ । बुधबार राती सकिएको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी ४२ जनाको नाम सिफारिस गरेको हो।

जिल्लामा प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र तोकिएको छ । सिफारिस गरिएका मध्ये प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ४ जना, समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस भएको छ। 

यस्तै प्रदेश निर्वाचन क्षेत्र १ मा भने प्रत्यक्ष तर्फ जनकराज गिरी सर्वसम्मत बनेका छन् । भने सामनुपातिक तर्फ १० जनाको नाम पठाइएको पार्टी जिल्ला कार्य समिति सहसचिव नरेन्द्र कुमार रोकायाले बताए। 

यस्तै प्रदेश निर्वाचन क्षेत्र २ मा भने प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक तर्फ १६ जनाको जम्बो टोली सिफारिस गरिएको छ । कांग्रेसले नगर र गाउँपालिका कार्यसमिति भएर क्षेत्रीय हुँदै जिल्लामा पुगेका प्रतिनिधि सभा, प्रदेश सभाका प्रत्यक्ष र सामानुपातिक तर्फका उम्मेद्वारका आकांक्षीहरूलाई केन्द्रमा सिफारिस गरेको हो।

जसमा प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । जसमा पार्टी सभापति कविराज पण्डित, केन्द्रीय सदस्य एवं सांसद बद्री प्रसाद पाण्डे, पूर्व सांसद देवराज जोशी र त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलको नाम पठाइएको छ।

प्रतिनिधि सभाको समानुपातिक तर्फ महासमिति सदस्य एवं नेपाल महिला संघका केन्द्रीय सदस्य जुना कुमारी दानी, पूर्व सभासद महा सनाई नेपाली निर्मला कुमारी रावल, विद्यादेवी तिमिल्सेना र होमनाथ जोशीको नाम सिफारिस गरी पठाएको छ। 

प्रदेश निर्वाचन क्षेत्र १ को समानुपातिक तर्फ जसमा अरुण कुमार शाही, ऐन बहादुर मल्ल, नरवीर कामी, निर्मला रावल, विद्या तिमिल्सेना, मनमति बुढा, रिता सिंह, साइमल लुहार, सुभद्रा भण्डारी पाण्डे र शिव बोहराको नाम पठाइएको छ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ चक्रबहादुर शाह, जुना कुमारी दानी, पदम शाही, मनबहादुर रावल, मिनबहादुर धामी र रंगबहादुर खाती गरी ६ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस गरिएका मध्ये रावल पूर्व पार्टी सभापति र २०७० को निर्वाचनमा पराजित उम्मेदवार हुन् भने धामी र खाती शिक्षक पेशा छोडेर आएका हुन्।

निर्वाचन क्षेत्र २ मा समानुपातिक तर्फ अमृता कुमारी सिंह, आनन्द बहादुर मिजार, कौशल विक, खडक साउँद, दिपा बोहरा, उमा रोकाया, ओमकार बोगटी, धनराज पण्डित, पदम नेपाली पुने सार्की, वीरभाने विक, भुवन सिंह केसी, रनसिंह बहादुर अयडी, राधिका कुमारी शाही सिंह, सिर्जना अयडी, शेरबहादुर खाती रहेका छन्।  

सिफारिस गरिएका मध्ये जुना दानी, विद्या तिमल्सेनाको नाम दुवै निर्वाचनका लागि परेको छ । आकांक्षीबीच सहमति नभएपछि काँग्रेसले जम्बो टोलीको नाम सिफारिस गरी पठाएको हो।

जनकराज गिरी सर्वसम्मत 

प्रदेश निर्वाचन क्षेत्र १ मा प्रत्यक्ष तर्फ जनकराज गिरी सर्वसम्मत बनेका छन् । भूमिसुधार सहायक पूर्व मन्त्री समेत रहेका गिरीसँग कसैको दाबी नपरेपछि सर्वसम्मत बनेका हुन्। काँग्रेस भित्र गिरी इमान्दार र लोकप्रिय नेताका रुपमा पनि परिचित छन्। 

अन्य उम्मेदवारले प्रत्यक्ष तर्फ दाबी नगरेपछि गिरी सर्वसम्मत उम्मेदावर बनेको काँग्रेसले बताएको छ । उनको व्यक्तिगत सम्बन्ध र इमान्दार राजनीतिबाट जनतालाई प्रभावमा राख्न सकिने र जित्न सजिलो हुने आँकलन काँग्रेसले राखेको छ।

प्रकाशित: १९ आश्विन २०७४ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App