coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

अमेरिकामा गोलीकाण्ड मच्चाउने स्टेफन निकट महिलासँग प्रहरीको बयान

वासिङ्टन- अमेरिकाको लस् भेगसमा गोलीकाण्ड मच्चाउने स्टेफन प्याड निकट महिलाले प्रहरीसमक्ष बयान दिएकी छन् ।
उनले घटनाबारे आफूलाई प्रारम्भिक अनुमान नभएको बताएकी छन् । स्थायीरूपमा फिलिपिन्स बस्दै आएकी उनलाई सोधपुछका लागि अमेरिका बोल्याइएको हो ।
स्टेफनसँग बस्ने उनको रहर भएपनि घटनाबारे उनले कुनै पनि संकेत नपाएको बयानको क्रममा बताएकी हुन् ।
उनीहरू दुई लामो समयदेखि प्रेममा रहेको उनले बताएकी छन् । उनी कामको सिलसिलामा अमेरिका आइपुगेकी हुन् । उनलाई अमेरिका ल्याउने सबै व्यवस्था प्याडले नै मिलाएका थिए ।
लस भेगसमा गत सोमबार एक सांगीतिक कार्यक्रममा अन्धाधुन्धरूपमा गोली चल्दा करिब ५८ जनाको हत्या गरेका अमेरिकी नागरिक स्टेफन प्याडले घटनापश्चात् आत्महत्या गरेका थिए ।
उक्त घटनामा करिब ५ सय २७ जना घाइते भएका थिए ।

प्रकाशित: १९ आश्विन २०७४ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App