७ वैशाख २०८१ शुक्रबार
समाज

मध्यपहाडी लोकमार्ग अझै अवरुद्ध

मध्यपहाडी लोकमार्गको अवरुद्ध सडक ।

पाँचथर–शुक्रबार विहानदेखि अवरुद्ध भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्व खण्ड अन्तर्गत फिदिम–तेह्रथुम सडकखण्ड अझै सुचारु हुन सकेको छैन्। फिदिम नगरपालिका अन्तर्गतको  सरखण्डे भन्ने ठाँउमा शुक्रबार विहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

माटो पन्छाए पनि ठूला–ठूला ढुगां हटाउन नसकिएर अवरोध खुल्न नसकेको पाँचथर प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइराला बताए।   झरी रोकिएसँगै बाटो अवरुद्ध भएको थियो। तेह्रथुमका आठराई क्षेत्रका बासिन्दाले प्रयोग गर्ने सडक अवरुद्ध हुँदा सास्ती भोग्नु परेको छ। आठराइमा एक दर्जन भन्दा बढी गाविस रहेका छन्। तेह्रथुम सदरमुकाम म्याग्लुङबाट आउने सडकसमेत अवरुद्ध छ।

 यो खण्डको कालोपत्रे गर्ने ठेकेदार कम्पनीले अवरोध हटाउने प्रयास गरिरहेको बताइएको छ। विस्फट गराएर ढुंगा फुटाउँदा थप पहिरो जान सक्ने भयले ब्रेकर लगाएर फुटाइने बताइएको छ। बाटो  खुल्न अझै समय लाग्ने बताइएको छ।
 भिरालो ठाँउमा पहिरो खसेकाले समस्या भएको हो। यो खण्डमा भएर आठराईदेखि फिदिम लगायतका तराईका विभिन्न जिल्लामा यातायत सञ्चालन हुने गर्छ।

 

प्रकाशित: १५ श्रावण २०७३ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App