८ वैशाख २०८१ शनिबार
कला

सिडनीको ओलम्पिक पार्कमा नेपाल आइडलको कन्सर्ट

काठमाडौं- नेपाल आइडलका उत्कृष्ट तीन गायकले अष्ट्रेलियाका विभिन्न सहरमा कन्सर्ट गर्ने भएका छन् । दसैंअघि भएको कार्यक्रममा विजेता बनेका नेपाल आइडल बुद्ध लामा,  रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास अस्ट्रेलियाका विभिन्न सहरलाई संगीतमय बनाउन लागेका हुन् । नेपाली टच अस्ट्रेलियाले नेपाल आइडलका उत्कृष्ट तीन गायकलाई लिएर अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो  ।

सिडनीमा हुने कार्यक्रम ओलम्पिक पार्क स्पोर्ट्स सेन्टरमा हुँदैछ । सिड्नीस्थित यो सेन्टरमा कार्यक्रमका लागि ठाउँ पाउनु दुर्लभ मानिन्छ । यहाँँ नेपाली कलाकारले अहिलेसम्म कुनै कार्यक्रम गरेका छैनन् । एभरेष्ट कम्युनिकेशनको मुख्य प्रस्तुति रहने कार्यक्रम डिसेम्बरको पहिलो दिन हुनेछ ।

नेपाल आइडलको अस्ट्रेलिया भ्रमण आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ ।  कन्सर्टका कार्यक्रमहरू सिडनीसँगै ब्रिसबेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुने आयोजकले जानकारी गराएका छन् । कन्सर्टमा तीनैजना गायकले आफ्नै स्वरमा रेकर्ड भएका गीतसँगै चल्तीका गायकको स्वरमा रेकर्ड भएका गीत सुनाउनेछन् ।

 

प्रकाशित: १९ आश्विन २०७४ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App