coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘परस्त्री गमन’ आरोपमा सई थुनामा

उदयपुर–   एकल महिलासँग अवैध सम्बन्ध गाँसेको भन्दै गाउँलेको थुनामा परेका एक पुरुष प्रहरी अधिकृत भएको खुलेको छ। शुक्रबार राति जिल्लाको उत्तर पहाडी गाविस पोखरी–३ की एकल महिलासँग अवैध सम्बन्ध गाँसिरहेकै कोठाभित्र गाउँलेको थुनामा परेका उनी प्रहरी नायव निरीक्षक (सई) भिम श्रेष्ठ भएको खुलेको छ।

घटनाका प्रत्यक्षदर्शी स्थानीय गौरबहादुर कार्कीले ३५ वर्षीया महिलाको कोठामा देखेर ढोका थुनेर ताल्चा लगाइदिएको गाउँलेले बताएका छन्। नेपाली कांग्रेस पोखरी गाउँ सभापति रविन्द्रकुमार खत्रीका अनुसार श्रेष्ठलाई राति ११ः०० बजेसम्म महिलाको कोठामा देखेपछि अवैध सम्बन्ध राखेको आशंकामा कार्कीले ढोका थुनेर ताल्चा लगाइदिएका हुन्।

श्रेष्ठ र महिलालाई थुनेपछि कार्कीले गाउँले बोलाएर यसबारे जानकारी दिएका थिए। गाउँलेले शनिबार विहान छलफल गरी प्रहरीको जिम्मा दिने भनेपछि साउनेस्थित प्रहरी चौकीमा खबर गरेको खत्रीले बताए। ती महिला नातामा कार्कीको बुहारी भएको बताइएको छ। तीनवर्षअघि श्रीमानको मृत्यु भएपछि तीन छोराछोरीको पठन पाठन गराउँदै बसेकी महिला र श्रेष्ठबीच अवैध सम्बन्ध रहे नरहेको पुष्टि हुन भने बाँकी रहेको खत्रीले बताए। श्रेष्ठ उदयपुरमै कार्यरत भएको जनाइएको छ तर, कहाँ भन्ने खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय उदयपुरले यसबारे जानकारी नआएको जनायो। प्रहरी प्रमुख एसपी नरबहादुर केसीले घटनाबारे आफूलाई अहिलेसम्म जानकारी नआएको बताउँदै सई श्रेष्ठबारे बुभ्mने कोसिस भइरहेको बताए।
    

 

प्रकाशित: १५ श्रावण २०७३ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App