coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुवाअड्डाबाट पैसा लिने प्रहरीलाई कारवाही गर्न निर्देशनै

धनगढी- कैलालीका धनगढी, अत्तरिया, वलिया, चिसापानीलगायतका ठाउँमा खेलाइरहेको जुवाका खालवाट दुईदेखि चार लाख रुपैयाँ लिने प्रहरीलाई छानबिन गरेर कारबाही गर्न अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन् । जुवा खालबाट प्रहरीको प्रदेश मुख्यालय प्रमुख र जिल्ला प्रहरी प्रमुखका घुमुवाहरूले विभिन्न ठाउँबाट एकदेखि डेढ लाख रुपैयाँसम्म लिएको कुरा खुलासा भएपछि अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी बोहराले सो निर्देशन दिएका हुन् ।

अञ्चल प्रहरी कार्यालयको लिखित निर्देशनपछि प्रहरीले पैसा असुलेर जुवातास खेल्न लगाएको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

‘पैसा लिएर जुवा खेल्न लगाउने दोषी प्रहरीलाई कारबाही गर्न जिल्ला प्रहरी प्रमुखलाई मैले लिखित निर्देशन दिएको छु,’ एसएसपी बोहराले भने, ‘सत्रै घटनाको छानत्रिन गरेर कारबाही गर्न कडा निर्देशन दिइसकेको छु ।’ लिखित निर्देशनसँगै नागरिक दैनिकको समाचार कटिङ गरेर पनि पठाएको उनले बताए । जुवाहुने ठाउँबाट प्रहरीका घुमुवाले पैसा लिएको कुरा सत्य भएको उनले बताएका छन् ।
‘म भन्दा माथिको प्रदेश कार्यालयलाई मैले केही गर्न सक्ने अधिकार हुँदैन,’ उनले भने, ‘म मातहतको जिल्ला प्रहरी कार्यालयलाई छानबिन र कारबाही गर्न निर्देशन दिएको छु ।’
 

तीन सदस्यीय छानविन समित गठन
अञ्चल प्रहरी कार्यालयको लिखित निर्देशनपछि प्रहरीले पैसा असुलेर जुवातास खेल्न लगाएको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयको संयोजकत्वमा समिती गठन गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले अञ्चलको लिखित निर्देशनपछि छानबिन समिती गठन गरेको बताए । सबैतिर जुवातास खेल्न कडाइ गरेको उनको भनाइ छ । लम्कीलगायत केही ठाउँमा जुवा भएको र कडाइ गरेपछि उनीहरू तितरबितर भएको उनको भनाइ छ । यसअघिका एसपी अजुन चन्द १५ दिनको विदामा बसेपछि उनी १० दिनअघि जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । बाह्रै महिना हुने जुवा अड्डावाट प्रहरीले पैसा लिएर जुवा खेलाउने गरेको बताइन्छ । दसैं तिहारका बेला मनोरञ्जन गर्ने ठाउँमा प्रहरीले समात्ने र  ठूला अड्डामा प्रहरीले नै संरक्षण गर्ने गरेको स्थानीय बताउँछन् । ‘दसंै–तिहारमा मनोरञ्जन गर्ने कुरा ठूलो भएन, तर पेशेवर रुपमा खेलाइरहेकालाई प्रहरीले पैसा लिएर संरक्षण गरेको सुन्नमा आएको छ, यो गलत कुरा हो,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन् । प्रहरीले पैसा उठाउने, हप्ता असुल्ने कुराले नागरिकको राज्य व्यवस्थाप्रति अविश्वास बढ्ने उनले बताए । ‘पैसा उठाउने, हप्ता असुल्नेलाई कडा कारबाही गरेर नियन्त्रण गरिनुपर्छ,’ उनले भने ।
दसांंै लाखका जुवातास हुनाले कयौं घरबारविहीन हुने भएका छन् । ‘जुवातासले एकै रातमा धेरै घरवारविहीन हुन्छन्,’ स्थानीय युवा किशोर जोशी भन्छन्, ‘जुवातासले प्रहरी र खेलाउने व्यक्ति मात्र मोटाइरहेका छन् ।’ प्रहरीले नै पैसा लिएर जुवातास खेलाउनु दुभाग्र्यपुर्ण भएको उनको भनाइ छ । शान्ति सुरक्षा, शुसासन र अपराध नियन्त्रण गर्ने प्रहरीले नै पैसा लिएर गैरकानुनी कामलाई प्रश्रय दिनु गलत भएको स्थानीय व्यवसायी कृष्णबहादुर महराले भने । ‘सबै कुरामा कमिसनमा हुने गर्छ, अपराधिक क्रियाकलापसमेत कमिसन खाएर छुट दिनु दुःखद अवस्था हो,’ उनले भने ।

प्रकाशित: १९ आश्विन २०७४ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App