coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमानाकाको सुरक्षा व्यवस्थामा कडाइ

रसुवा- चीनमा हुन लागेको १९ औं नेसनल कांग्रेसका लागि रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सभाको समयमा तिब्बती चिनियाँ भूमिमा प्रवेश गरी चीनविरोधी गतिविधि गर्न सक्ने भएकाले सीमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
अक्टोबर १८ तारिखमा हुने सभाका लागि नेपाल तथा चीनतर्फ सीमानाकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताइन् ।
उनले भनिन्, ‘तिब्बतीले नेपाली तथा चिनियाँ भूमिमा बसेर चीनविरोधी गतिविधि गर्न सक्छन् । त्यसलाई ध्यानमा राखी दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।’
चीनसँगको एकमात्र व्यापारिक नाका रसुवागढीमा सुरक्षाकर्मी बढाउनुपर्नेमा चीनका सुरक्षा अधिकारीले आग्रह गरेका छन् ।
रसुवागढी नाकाबाट मात्र नभई थुमनको ‘मालागढी’ बाट समेत तिब्बती चीन प्रवेश गर्न सक्ने भएकाले त्यसतर्फ पनि सुरक्षा सतर्कता अपनाउनुपर्नेमा चीनले जोड दिएको छ ।
सभाको समयमा सीमानाका बन्द गर्ने वा नगर्ने भन्ने विषयमा चिनियाँ पक्षले जानकारी नगराएको पौडेलले बताइन् ।   
बडा दसैंका अवसरमा सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित चिनियाँ अधिकारीलाई टीका ग्रहण कार्यक्रममा सुरक्षा सतर्कताबारे छलफल गरिएको हो ।
भूकम्प र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नियमित सञ्चालनमा आएको रसुवागढीलाई चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरिसकेको छ ।
तेस्रो मुलुकका नागरिकले समेत आवतजावत गर्न सक्ने गरी चीनतर्फ भौतिक पूर्वाधार विकास भैरहेको छ ।

 

 

प्रकाशित: १९ आश्विन २०७४ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App