coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डडेल्धुरा कांग्रेसका दुई गुटबाट उम्मेदवार सिफारिस

पुस्कर भण्डारी,
डडेल्धुरा- प्रदेश तथा केन्द्र निर्वाचनका लागि नेपाली कांग्रेसका दुई खेमाबाट उमेदवारका नाम सिफारिस भएका छन् । डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्लको सभापतित्वमा पार्टी कार्यालय र रघुवर भट्टको आह्वानमा जिल्ला समन्वय समितिमा बसेको छुट्टाछुट्टै बैठकले आआफ्ना पक्षधरका नेता कार्यकर्ताको नाम उम्मेदवारका लागि सिफारिस गरेका हुन् ।
सभापति मल्ल पक्षधरले प्रतिनिधिसभा सदस्यका लागि पार्टी केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि सामानुपातिकतर्फ नारुदेवी ओझा, पदम बिष्ट र भरत नेपालीको नाम सिफारिस गरिएको सभापति मल्लले बताए । प्रदेशसभाको सदस्यका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ का लागि गोपा थापा, रवीन्द्र खड्का, हिक्मतसिंह ठाकुरको नाम सिफारिस गरिएको छ भने क्षेत्र नं. २ का लागि सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट र महाधिवेशन प्रतिनिधि तारक बुढाऐरको नाम सिफारिस गरिएको छ । प्रदेश सभा सदस्यका लागि सामानुपातिक तर्फ ३१ जनाको नाम सिफारिस गरिएको सभापति मल्लले बताए ।
पार्टीका पूर्व जिल्ला सभापति रघुवर भट्टको संयोजकत्वमा बसेको बैठकले प्रत्यक्षका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ । समानुपातिकका लागि डा. आरजु राणा देउवा, नैनसिंह महर र नरभान कामीको नाम सिफारिस गरेको छ । प्रदेशको क्षेत्र नं. १ बाट प्रत्यक्षका लागि रघुवर भट्ट, हेमराज चटौत, कैलाशकुमार पाण्डेय, नैनसिंह महर र वीरेन्द्र थापाको नाम सिफारिस गरिएको छ । यस्तै दुई नं. क्षेत्रका लागि गोविन्द बोहरा, शेरबहादुर भण्डारी, हरिप्रसाद भट्ट, भोजराज भट्ट र भानबहादुर देउवाको नाम सिफारिस गरिएको छ । समानुपातिकका लागि ४२ जनाको नाम सिफारिस गरिएको जनाइएको छ ।


रसुवामा कांग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवार सिफारिस
रसुवा- आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि  रसुवामा राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् ।
जिल्लामा कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका हुन् । अन्य पार्टीले उम्मेदवार टुंग्याउनका लागि छलफल गरिरहेका छन् ।
कांग्रेस रसुवाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मतले उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मोहन आचार्य र समानुपातिकतर्फ लामा कार्पू तामाङको नाम सिफारिस गरेको पार्टी सभापति पेम्बा छिरिङ तामाङले बताए ।
प्रदेशतर्फ रसुवा जिल्लाको प्रदेश नम्बर १ मा प्रत्यक्षतर्फ प्रभात लामा, समानुपातिकतर्फ ठाकुर देवकोटा, प्रदेश नम्बर २ मा प्रत्यक्षतर्फ जनकजीवन उपाध्याय, लेखनाथ अघिकारी र बालचन्द्र पौडेलको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ देवकी रैला र तिष्णराज न्यौपानेलाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।
यसैगरी माओवादी केन्द्र रसुवाका अनुसार पार्टीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ वरिष्ठ उपाध्यक्ष माधव लामिछाने समीर, समानुपातिकतर्फ निमावाङदी तामाङ, नानीमैया न्यौपाने, खुवाप्रसाद आचार्य र मनवीर कामीलाइ सिफारिस गरेको छ ।
प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट जिल्ला उपाध्यक्ष पासाङ थोक्रा र क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष इन्द्र गौतम जगतजंगलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष उद्धव रिजालले बताए ।
यस्तै प्रदेशसभाको समानुपातिकतर्फ तेन्जिङ छेसाङ तामाङ, चाम्सिङ लोप्चन, हितबहादुर गुरूङ, मेघबहादुर ढकाल, गीता ढकाल र भगवती न्यौपानेको नाम सिफारिस गरेको माओवादी केन्द्र रसुवाले जनाएको छ ।
एमालेले भने असोज १९ र २० गते बस्ने जिल्ला कमिटी बैठकले उम्मेदवारको नाम टुंग्याउने जनाएको छ । नयाँ शक्ति पार्टीमा उम्मेदवार छनोटको विषयमा छलफल भइरहेको छ ।

प्रकाशित: १९ आश्विन २०७४ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App