coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

राजपाल यादवलाई ६ दिनको जेल सजाय

मुम्बई—बलिउड हाँस्यकलाकार राजपाल यादवले ६ दिन जेलमा बिताउनु पर्ने भएको छ। शुक्रबार भारतको सर्वोच्च अदालतले एक व्यापारीसँग लिएको ऋृणको रकम फिर्ता गर्न नसकेपछि यादवलाई ६ दिनको जेल सजाय सुनाएको भारतको समाचार सँस्था पिटिआईले जनाएको छ।

राजपालले सन् २०१० मा दिल्लीको  मुरली प्रोजेक्ट्ससँग ‘अता पता लापता’ फिल्म  निर्माणका लागि रकम लिएका थिए। यसअघि यादवलाई दिल्ली हाइकोर्टले सन् २०१३ मा झुटो विवरण पेश गरेको भन्दै १० दिनको जेल सजाय सुनाएको थियो।

शुक्रबार यादवका वकिलले अदालत समक्ष उनको हालै प्रर्दशनमा आएको चलचित्र  ‘भोपालः अ प्रेयर रेन’  बक्स अफिसमा असफल भएका  कारण तत्काल रकम फिर्ता गर्न नसक्ने बताएका थिए। उनको यो भनाइपछि अदालतले यस विषयमा अबदेखि सुनुवाई नहुने भन्दै यादवलाई ६ दिनको जेल सजाय सुनाएको हो।

 

प्रकाशित: १५ श्रावण २०७३ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App