८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन तयारी, गृहकार्यको लागि ७ सदस्यीय कार्यदल

काठमाडौं- नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि सरकारमा रहेको नेपाली कांग्रेसले पनि लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ।

चुनावी तालमेल सहित न्युनतम सहमति गर्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको कांग्रेस सहित ६ दलको बैठकले ७ सदस्यीय समिति बनाएर सहमतिको लागि अघि बढ्ने निर्णय गरेको छ।

'७ सदस्यीय संयोजन समिति बनेको छ', महतोले भने, 'सबै लोकतान्त्रिक शक्तिहरुबीच एकता तथा तालमेलको पहल गरेर जाने सहमति भएको छ।'

कांग्रेसको पहलमा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा), राप्रपा प्रजातान्त्रिक, राप्रपा र फोरम लोकतान्त्रिकको बैठक बसेको थियो।

संयोजन समितिमा कांग्रेसबाट २ जना सदस्य र अन्य दलबाट एक एक जना सदस्य रहने राजपा नेता राजेन्द्र महतोले बताए। '७ सदस्यीय संयोजन समिति बनेको छ', महतोले भने, 'सबै लोकतान्त्रिक शक्तिहरुबीच एकता तथा तालमेलको पहल गरेर जाने सहमति भएको छ।'

लोकतान्त्रिक गठबन्धन बनाउनु समयको आवश्यकता भएको महतोले बताए। 'सम्भवत लोकतान्त्रिक शक्तिहरुबीच छिट्टै एकता र तालमेलको घोषणा हुन्छ', महतोले भने।

कार्यदलमा कोको रहने भन्ने भन्ने टुंगो लागेको छैन। कार्यदलमा रहनेको नाम भोली भित्र दिने र एकता, तालमेलको लागि न्युनतम आधार तयार पार्ने तयारी भएको महतोले बताए।

बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले वृहत लोकतान्त्रिक गठवन्धन बनाएर अघि बढ्नु पर्ने भन्दै तालमेलको लागि दलहरुसँग आग्रह गरेका थिए।

प्रकाशित: १८ आश्विन २०७४ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App