८ वैशाख २०८१ शनिबार
राजनीति

बाम एकताले काँग्रेसलाई असर पर्दैन: महामन्त्री कोइराला

नवलपरासी- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बाम एकताले नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन नवलपरासीले आज कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको टिप्पणी गरे।

महामन्त्री डा. कोइरालाले अब कांग्रेसले पार्टीभित्रको सांगठनिक र वैचारिक एकतालाई मजबूत बनाएर आगामी निर्वाचनमा लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिदैं आगामी चुनावमा योजनाबद्ध र जनताको आकाक्षाअनुरुपका कार्यक्रम समावेश गरेर समृद्ध नेपालको स्पष्ट योजनासहित चुनावमा होमिन पार्टीका सबै कार्यकर्तालाई निर्देशन दिए।

अबको पहिलो मन्त्रिपरिषद्को बैठकमा त्रिवेणी सुस्तापूर्वको भागलाई नवलपुर जिल्ला र सदरमुकाम कावासोती राख्ने विषयमा कुरा उठाउन पहल गर्ने बताउँदै उनले आफू नवलपुर जिल्लाबाटै चुनाव लड्ने घोषणा गरे।

महामन्त्री डा कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचन महत्वपूर्ण भएको उल्लेख गर्दै संविधानको सफल कार्यान्वयन र मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि आगामी निर्वाचनमा काँग्रेसलाई स्पष्ट बहुमतका साथ विजय गराउन सबैमा आग्रह गरे। रासस

 

प्रकाशित: १८ आश्विन २०७४ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App