८ वैशाख २०८१ शनिबार
समाज

बिप्लब माओवादीका दुई कार्यकर्ता पक्राउ

इटहरी- नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका दुई जना कार्यकर्तालाईं बुधबार दिउँसो इटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सुनसरी दुहवी वडा नं. ३ घर भएका रमेश न्यौपाने र इटहरीका लक्ष्मण कार्कीलाई पक्राउ गरेको हो । यी दुवैलाई एक साताअघि बराह नगरपालिकाको महेन्द्रनगरमा भारतीय नम्बर प्लेटको गाडी तोडफोड गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीले बताए ।

रमेश र लक्ष्मणलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरि महेन्द्रनगर प्रहरीको जिम्मा लगाएको जानकारी दिइयो । पक्राउ पर्नेको पद भने खुलाइएको छैन् । एसपी माझीका अनुसार, गाडी तोडफोडमा रमेश संलग्न भएको पुष्टि भएपनि लक्ष्मणको भने अनुसन्धान भइरहेको छ। तीन दिनअघि गाडी तोडफोड गरेकोमा बराह नगरपालिकाको भरौलकै सिंहबहादुर तामाङ्लाई प्रहरीले पक्राउ गरेको थियो ।

महेन्द्रनगरका इनिस्पेक्टर गंगा पौडेलका अनुसार, सिंहबहादुरलाई सार्वजनिक मुद्दा चलाई सकिएको छ। रमेश र लक्ष्मणको पनि अनुसन्धान गरि सार्वजनिक अपराधमै मुद्दा चलाइनेछ । असोज ७ गते कोशी प्रोजेक्टको भारतीय नम्बर प्लेटको गाडी तोडफोड गरेको थियो ।

प्रकाशित: १८ आश्विन २०७४ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App