१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुवा अड्डाबाट पैसा लिने प्रहरीलाई कारबाही गर्न लिखित निर्देशन

धनगढी- कैलालीका धनगढी, अत्तरिया, बलिया, चिसापानी लगायतका ठाउँमा खेलाइरहेको जुवाका खालवाट २ देखि ४ लाख रुपैयाँ लिने प्रहरीलाई छानविन गरेर कारवाही गर्न अंचल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर वोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन।

जुवा खालवाट प्रहरीको प्रदेश मुख्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालयका घुमुवाहरुले बिभिन्न ठाउँवाट १ देखि डेढ लाख रुपैयाँ लिएको कुरा खुलासा भएपछि अंचल प्रहरी कार्यालयका प्रमुख एसएसपी वोहराले निर्देशन दिएका हुन । ‘पैसा लिएर जुवा खेल्न लगाउने दोषी प्रहरीलाई कारवाही गर्न जिल्ला प्रहरी प्रमुखलाई मैले लिखित निर्देशन दिएको हुँ।’बोहोराले भने,‘सवै घटनाको छानविन गरेर कारवाही गर्न कडा निर्देशन दिईसकेको छु।’ लिखित निर्देशन सँग नागरिक दैनिकको समाचार कटिङ गरेर पनि पठाएको उनले बताए। जुवाहुने ठाउँवाट प्रहरीका घुमुवाले पैसा लिएको कुरा सत्य भएको उनले बताएका छन। ‘म भन्दा माथीको प्रदेश कार्यालयलाई मैले केही गर्न सक्ने अधिकार हुदैन।’उनले भने,‘म मातहतको जिल्ला प्रहरी कार्यालयलाई छानविन र कारवाही गर्न निर्देशन दिएको छु।’

३ सदस्यीय छानविन समित गठन

अंचल प्रहरी कार्यालयको लिखित निर्देशन पछि प्रहरीले पैसा असुलेर जुवातास खेल्न लगाएको घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा ३ सदस्यीय छानविन समिती गठन गरेको छ । जिल्ला प्रहरी कार्यालयका मुद्दाफाँटका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयको संयोजकत्वमा ३ सदस्यी छानविन समिती गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले अंचलको लिखित निर्देशन पछि ३ सदस्यीय छानविन समिती गठन गरेको बताएका छन।

प्रकाशित: १८ आश्विन २०७४ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App