coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेससंगको सहकार्यको औचित्य समाप्त: नेता पोख्रेल

दाङ- नेकपा एमालेका नेता शंकर पोख्रेलले आगामी निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार निर्माणका लागि ‘बाम एकता’ अत्यावश्यक भएको बताएका छन्। वुधवार छलफल चौतारीले घोराहीमा गरेको कार्यक्रममा पोख्रेलले भने ‘निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार आवश्यक हो, र त्यसैका लागि पनि अहिलेको बाम एकता अपरिहार्य थियो।’

संविधान निर्माण र यसको कार्यान्वयनका सवालमा कांग्रेससंग सम्वन्ध सुमधुर हुन जरुरी रहेपनि अब कांग्रेससंगको सहकार्यको औचित्व समाप्त भैसकेको बताए। मुलुकको सहि निकासका लागि बाम पन्थी शक्तिहरुको एकता आवश्यक भएको पोख्रेलले बताए । ‘संविधान निर्माण र यसको कार्यान्वयन प्रकृयाका लागि मात्रै कांग्रेससंगको सहकार्य आवश्यक्ता थियो,’उनले भने ‘तर अब त्यो सहकार्यको औचित्य समाप्त भैसकेको छ, मुलुकलाई सहि निकास दिनका लागि अब बामपन्थीहरुको एकता एक मात्रै बिकल्प हो ।’

उनले माओवादी केन्द्र र एमालेको तालमेललाई ‘अचानक’ भनेर चर्चा गरिएको भएपनि यी दलहरुबीच एकता प्रयासको गृहकार्य लामो रहेको बताए । केपि ओली नेतृत्वको सरकारका पाला देखि चुनावी तालमेल र पार्टी एकता गर्ने गहिरो बहससंगै माओवादी सरकारमा सामेल भएको भन्दै पोख्रेलले त्यो प्रयासले अहिले बल्ल पूर्णता पाएको उल्लेख गरे । ‘केपी ओली जिको नेतृत्वको सरकारबाट माओवादी नटाढिएको भए पार्टी एकता भैसकेको हुन्थ्यो,किनकि त्यो बेला पार्टी एकताको बहस अहिलेको भन्दा व्यवस्थित थियो,’उनले भने ‘तर अहिले माओवादी पुरानै बहसलाई कार्यान्वयन गर्ने दिशामा फर्किएको छ ।’

पोख्रेलले माओवादी र एमाले विच सैद्धान्तिक बिमती अन्त्य भएको पनि लामो समय भैसकेको बताए । उनले भने ‘माओवादी र एमाले बिच मात्रै ईगोको लडाई थियो, सैद्धान्तिक रुपमा एक थिए ।’ माधव कुमार नेपाल नेतृत्वको सरकारका पाला देखिनै माओवादी एमालेकै सिद्धान्तमा आईसकेको स्मरण गराउँदै उनले थपे ‘त्यो बेला काठमाडौँ घेराउ आन्दोलनमा माओवादी बिफल भएपछि उसको सिद्धान्त र एमालेको सिद्धान्त एक सरह हुन पुगेको हो।’ 

प्रकाशित: १८ आश्विन २०७४ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App