coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाम गठबन्धनपछि कांग्रेस पनि अन्य दलसँग बैठक बस्दै

असोज १८ –निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणा भएलगत्तै सत्तारुढ दल नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठक बुधबार बालुवाटारस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसिरहेको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका कार्य सम्पादन समितिको बैठकमा उठेको जानकारी नेता विमलेन्द्र निधिले गराए ।
‘संविधान र लोकतन्त्र कार्यनयन गर्न लोकतान्त्रिक शक्तिहरुले जोड दिएरहेको बेला गृह मन्त्रालयको जिम्मेवारी लिइरहेको नेकपा माओवादी केन्द्रले सत्ता स्वार्थमा केन्द्रित रहेर गठबन्धन गरेपछि चुनावी गराउन अफ्ठ्यारो हुन्छ,’नेता निधिले भने,‘ सरकारको प्रतिनिधित्व गरिरहेको नेकपा माओवादी केन्द्रले विपक्षीसँग तालमेल गराएपछि चुनावी माहोलमा प्रत्यक्ष असर पुगेको छ । नयाँ सरकार नबनाएसम्म चुनाव हुन्न सम्भव छैन् ।’
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले आज साँझ ५ बजे संघीय समाजवादी फोरम,राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा प्रजातान्त्रिक र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग छलफल गर्दैछन् ।

प्रकाशित: १८ आश्विन २०७४ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App