वातावरण मन्त्री चौधरी इथियोपिया प्रस्थान

बुधबार, १८ असोज २०७४, १३ : ४१ नागरिक

काठमाडौँ –  जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरी इथियोपियाको अडिस अवावामा हुन गइरहेको जलवायु परिवर्तनबाट प्रभावित अति कम विकसित राष्ट्रहरुको समूह एलडिसीका वातावरणमन्त्रीहरुको बैठकमा सहभागी हुन बुधबारत्यसतर्फ प्रस्थान गरेका छन्। 

आगामी मंसिरमा जर्मनीको बोनमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २३औँ सम्मेलनमा एलडिसीका तर्फबाट राखिने साझा विषय तय गर्न सो बैठक आयोजना गरिएको हो। 

बैठकमा जलवायु परिवर्तनबाट एलडिसी राष्ट्रहरुले भोग्नु परेको समस्या, जलवायु न्याय तथा दिगो विकास लक्ष्यलगायतका विषयमा छलफल हुने मन्त्री चौधरीले जानकारी दिए। 

उनले बैठकमा नेपालले जलवायु परिवर्तनलाई सिर्जित समस्याका बारेमा स्पष्ट धारणा राख्ने बताए। 

सम्मेलन बिहीबार र शुक्रबार दुई दिन चल्नेछ। एलडिसीमा नेपालसहित ४७ वटा मुलुक आबद्ध रहेका छन् । केही वर्षदेखि एलडिसी राष्ट्रहरुले विश्वको तापक्रम १.५ डिग्री सेल्सियस बढ्नबाट रोक्नुपर्ने आवाज उठाउँदै आएका छन्। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad