coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडकदेखि सामाजिक सञ्जालसम्म केसीका समर्थकको गर्जन-हामी पनि पागल

काठमाडौं-स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर अनसन बस्दै आएका डा. गोबिन्द केसी शनिबार हजाराैं समर्थकसहित सडकमा उत्रिएका छन्। यो साता उनले १६ दिने अनसन तोडेका थिए। केसी सडकमा उत्रिने थाहा पाएपछि हजाराैं समर्थक माइतीघर मण्डलामा जुटेका छन्।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म केसी समर्थकले साथ दिन पदयात्रा गर्दैछन्। केसीको समर्थन गर्दै प्लेकार्ड र ब्यानरसहित हजाराैं सडकमा उत्रिएका छन्। चिकित्सा क्षेत्रको सुधार र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग डा. केसीको छ।

सडकदेखि सामाजिक सञ्जालसम्म समर्थकले डा. केसीलाइ साथ दिँदै छन्। केसीका समर्थकले प्लेकार्ड, ब्यानर र टाउकोमा बाँधिएको कफनमा लेखेका छन् -हामी पनि पागल।

अख्तियार प्रमुख कार्कीले डा. केसीलाई पागलको संज्ञा दिएर विज्ञप्ति निकालेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App