coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिद्धबाबामा ढुंगा खस्दा दुई घाइते

पाल्पा –  सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित बुधबार पहिरो खस्दा दुईजना घाइते भएका छन्। 

घाइतेको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई ढुंगा खस्दा घाइते भएका हुन। 

दशैँदेखि तिनाउ गाउँपालिका– २ दोभान र सिद्धबाबाकोबीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्दा पटक÷पटक सडक अवरुद्ध बनेको छ। 

आज पनि सडक मर्मत गर्ने भनिए पनि पहिरोले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । १० देखि २ बजेसम्म सडक मर्मत गर्ने भनेर यातायात सञ्चालनमा रोक लगाए पनि पहिरो खसेपछि सो काम रोकिएको छ । 

प्रकाशित: १८ आश्विन २०७४ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App