coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

असोज १९ देखि व्याकुल माइला गोल्ड कप

खोटाङ – राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्ड कपको सातौं संस्करण असोज १९ देखि २७ गतेसम्म हुने भएको छ । कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो । 

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सिन्धुली, काठमाडौंलगायतका जिल्लाबाट आएका टिमको सहभागिता रहने गोल्डकप मूल समारोह समितिले जनाएको छ। 

ओखलढुंगाको प्रतिष्ठित र सर्वाधिक राशिको फुटबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले नगद २० हजार रुपियाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

 

प्रकाशित: १८ आश्विन २०७४ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App