५ वैशाख २०८१ बुधबार
समाज

लम्बिँदै मनसुन

काठमाडौं–  पाँच वर्षयता मनसुन लम्बिने क्रम बढेको मौसमविद्हरूले बताएका छन् । यसपटक पनि मनसुन १० दिन लम्बिसकेको छ । मनसुन पूर्ण रूपले बाहिरिन अझै एक साता लाग्न सक्ने अनुमान उनीहरूको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले पा“च वर्षयता मनसुन सुरु हुने समय पनि धकेलिएको र मनसुन सकिने समय पनि लम्बिएको बताए। 

‘पाँच वर्षदेखि मनसुन बाहिरिने दिन लम्बिन थालेको छ’, उनले भने । सामान्यतया मनसुन जेठको अन्तिम साता सुरु भएर असोज पहिलो साता सकिन्छ । यो समय जल तथा मौसमविज्ञान विभागले ३० वर्षको तथ्याङ्क विश्लेषण गरेर तय गरेको हो। 

‘यसलाई परिवर्तन गर्न फेरि हामीले ३० वर्षकै तथ्याङ्क विश्लेषण गर्नुपर्छ’, रिमालले भने । उनका अनुसार मनसुन निकै कमजोर अवस्थामा छ । पूर्वबाट भित्रिने मनसुन पश्चिमबाट कमजोर हँुदै मध्य र पूर्वमा पुगेर सकिन्छ । रिमालले मनसुन लम्बिने कारणबारे अध्ययन नभएको बताउँछन् । 

‘यस्तो अवस्था नेपालमा मात्रै सीमित छैन । यसको विस्तृत अध्ययन आवश्यक छ । त्यसैले किन लम्बिरहेको छ भन्ने प्रश्नको जबाफ दिन सकिने अवस्था छैन’, उनले भने । यस मनसुन समयमा परेको पानीको मात्रा र अवस्थाबारे पनि अध्ययन भइनसकको रिमालले बताए । ‘मनसुन सकिने भएपछि मात्र यसको विश्लेषण गरिन्छ’, उनले भने, ‘यस वर्षका लागि मनसुनको कुनै खतरा छैन । यसको अवशेष मात्र बाँकी छ ।’

उनका अनुसार मनसुन बाहिरएको आँकलन त्यतिबेला हुन्छ जति बेला उच्च चापीय क्षेत्र विकास हुन थाल्छ । न्यून चापीय क्षेत्रहरू हराउँदै जान्छन् । वायुमण्डलमा जलवाष्पयुक्त पानीको कमको मात्र पनि घट्दै जान्छ र पश्चिमी वायु सक्रिय हुन थाल्छ । 

‘अहिले यी क्रम बिस्तारै कम हुँदै गएकाले यो कमजोर अवस्थामा छ भनिएको हो’, रिमालले भने। भारतका राजस्थान, उत्तराखण्ड र गुजरातबाट मनसुन लगभग बाहिरिएको अवस्थामा छ । नेपालस“ग सीमा जोडिएका बिहार र उत्तरप्रदेशमा भने मनुसन कायमै छ । अघिल्लो वर्ष पनि सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने मनसुन अक्टुबर १२ मा मात्र बाहिरिएको थियो । त्यसो त यस वर्ष मनसुन लगभग नियमित समयमा जेठ २९ गते नै नेपाल भित्रिएको थियो । तर एक सातापछि मात्र सक्रिय भयो।  

मौसमविद्हरूले यस वर्षको मनसुन अघिल्ला वर्षको तुलनामा धेरै सक्रिय हुने बताउँदै आएका थिए। यसको सक्रियतासँगै देशका अधिकांश भूभागमा सरदर वर्षा हुने अनुमान गरिएको थियो। सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । यस समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्छ । 

प्रकाशित: १८ आश्विन २०७४ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App