७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौँमा ३.७ रेक्टरको भूकम्प

काठमाडौँ – बुधबार बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

काठमाडौँको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए। 

गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ। 

चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने गरेको भट्टराईले बताए। 

प्रकाशित: १८ आश्विन २०७४ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App