मतदाता १ करोड ५४ लाख

बुधबार, १८ असोज २०७४, ०७ : ५८ नागरिक

काठमाडौं – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् । मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ। 

निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कामकारबाही अघि बढाइरहेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार मतदाता नामावली स्वीकृत गरेको हो । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता गराएका मतदाताको नाम स्वीकृत गरिएको हो। 

पुरुष मतदाता ७७ लाख ७६ हजार ४ सय ९६, महिला मतदाता ७६ लाख ५१ हजार ६५ र तेस्रो लिंगी मतदाता १ सय ७० 

स्वीकृत मतदाता नामावलीअनुसार पुरुष मतदाता संख्या ७७ लाख ७६ हजार ४ सय ९६, महिला मतदाता संख्या ७६ लाख ५१ हजार ६५ र तेस्रो लिंगी मतदाता संख्या १ सय ७० छ । 

पछिल्लो अद्यावधिक अनुसार प्रदेश १ मा २९ लाख ९३ हजार ६ सय ६९ मतदाता छन् । प्रदेश २ मा २७ लाख ६७ हजार ३ सय ६९ र प्रदेश ३ मा ३० लाख ७४ हजार ४ सय १२ मतदाता पुगेका छन् । यसैगरी, प्रदेश ४ मा १५ लाख ६८ हजार ८ सय २९, प्रदेश ५ मा २७ लाख ४० हजार ८ सय ४८,  प्रदेश ६ मा ८ लाख ४६ हजार ९ सय ३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६ सय ७१ मतदाता रहेका छन्। 

डोल्पा जिल्लाको काइके र छार्का ताङसोङ गाउँपालिकाका २ सय ४० मतदाताको स्पष्ट विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ। 

 





यसमा तपाईको मत

अन्य समाचार

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु

‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु

कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु भएको छ...

कलैयामा सिभिल बैंक

कलैयामा सिभिल बैंक

सिभिल बैंकले बाराको कलैयामा आफ्नो शाखा विस्तार गरेको छ । ...

हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम

हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम

हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । ...

Ncell Footer Ad