८ वैशाख २०८१ शनिबार
राजनीति

लोकमान विरुद्धको महाभियोग संसदले अगाडि बढाउनुपर्छः भट्टराई

धनगढी–नयाँशक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकामान सिंह कार्कीलाई महाअभियोग लगाउने बिषय उठिसकेपछि सार्वभौम संसदले अघि बढाउनु पर्ने बताएका छन्। राजनीतिक कदलका नेता आँफै भ्रष्टाचारमा संलग्न भएकाले लोकमकानलाई महाभियोग लगाउने विषयमा मौन बसेको उनको भनाइ थियो।

पव्लिक मिडिया क्लबले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्राईले सार्वभौम संसदले अख्तियार प्रमुखका बिषयमा कुरा उठाएपछि प्रक्रिया अघि बढाउनु पर्ने बताएका हुन्। ‘अख्तियार प्रमुखका बिषयमा कुरा उठेपछि सार्वभौम संसदले महाभियोगको प्रक्रिया अघि बढाउनु राम्रो हुन्छ र पर्छ पनि।’

जनस्तरबाट अवाज उठेको भएपनि राजनीतिक दलका नेता आँफै भ्रष्टाचारमा संलग्न भएकाले ‘तैँ चुप मै चुप’ अवस्थामा बसेका उनको भनाइ छ। राजनीतिक दलका  नेता अख्तियार प्रमुखलाई महाभियोग लगाउने बिषयलाई प्रक्रियामा अघि बढाउन हिम्मत नगर्ने उनले जिकिर गरे।
‘बिषयवस्तु उठेपछि संसदले प्रक्रिया अगाडि बढाउनु पर्छ,’ उनले भने,‘तर राजनीतिक दलका नेता आँफै भ्रष्टाचारमा संलग्न भएकाले कुरा उठाउलान् जस्तो लाग्दैन।’

भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावकारी नभएको बताए। प्रधानमन्त्री र राष्ट्रपति माथिपनि छानविन गर्न सक्ने जनस्तरको अवाज मुखरित हुनेगरी शक्तिशाली लोकपाल समुह गठन हुनुपर्ने नयाँशक्ति पार्टीको मान्यता रहेको उनले बताए। ‘भ्रष्टाचार व्याप्तता छ, अख्तियारको संयन्त्र प्रभाकारी हुन सकेन’, उनले भने, ‘शक्तिशाली लोपाल समुह गठन हुनुपर्छ।’ कुनै नयाँ कुरा नभई अहिलेको सरकार परिवर्तन गर्नु गलत भएको भट्टराईले टिप्पणी गरे।

सरकार परिर्वतनले अस्थिरता हुने उल्लेख गर्दै महिना दिनमा सरकार ढाल्ने कुराले देशको हित नहुने बताए ।‘महिना दिनमा सरकार परिवर्तनले मुलुकको हित गर्दैन,’ उनले भने। नेपालमा कुनै पनि सरकारले विकासका काम गर्न नसक्नुको प्रमुख कारण ९÷१० महिनामा सरकार परिवर्तन हुनु रहेको बताए। ‘म प्रधानमन्त्री हुँदा नीति र कार्यक्रम नै ल्याउन पाइन’, उनले भने,‘व्यक्तिलाई मात्र दोष दिएर भएन, प्रणाली नै गलत भयो।’ ५ वर्षसम्म सरकार संचालन गर्न पाउने स्थिरताका लागि संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू हुनुपर्ने उनले बताए।

सीमामा भारतीय पक्षले एकतर्फी ढंगले बाँध निर्माण गर्दा नेपाली भूभागमा डुवानमा  पर्ने समस्या रहेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान खोजिनु पर्ने बताए। ‘डुवानमा पर्दा अवाज उठाउने मात्र होइन, यस बिषयमा दीर्घकालीन समाधान खोजिनु पर्छ,’ उनले भने। सीमा सम्बन्धी सवै समस्याको प्याकेजमा दीर्घकालीन समाधान खोजिनु पर्ने उनले बताए।

आँफू प्रधानमन्त्री भएको बेला सीमा समस्या समाधानकालागि दुवै देशको सहभागीतामा उच्च स्तरीय समिति गठन गर्न पहल गरेको तथा प्रबुद्ध समूह गठन भएर अहिले बैठक बसी छलफल सुरु भएको उनले बताए। ‘दुवै देशबीच छलफल गरेर सन १९५० सन्धिलगायत, सीमानाका समस्या सबैको प्योकजमा समाधान गरिनुपर्छ,’ उनले भने।

 

प्रकाशित: १५ श्रावण २०७३ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App