तीन दलको तालमेल घोषणामा कसले के भने ? (भिडियो)

मङ्गलबार, १७ असोज २०७४, १९ : ५३ नागरिक

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीले जनताको आकांक्षा र राजनीतिक आवश्यकताका कारण एकताबद्ध पार्टी बनाउन सहमत भएको बताएका छन्।

नेकपा एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तलमेल तथा पार्टी एकता सुरु भएको घोषणा सभामा बोल्दै ओलीले एउटै पार्टी निर्माणको दिशामा अगाडी बढ्न यो ऐतिहाँसिक पहल भएको बताए। तीन पार्टीको एकताको सहमतिले देशको राजनीतिक, सामाजिक, आर्थिक विषयलाई सही बाटोबाट अगाडि बढाउने उनको दाबी छ।

आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावप्रति इंगित गर्दै दुई तिहाई ल्याउने दाबी गरे।

‘देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त, वामपन्थी सरकार लेखेकै छ,’ ओलीले भने, ‘यो कसैले मेट्नै सक्दैन। अब साधारण बहुमत होइन, हाम्रो ध्यान दुई तिहाईतिर हुनेछ ।’ ओलीले व्यंग्य गरे, ‘मलाई डर छ, निद्राको ट्याबलेटहरु बढी बिक्ला कि!

संयुक्त प्रयासले सफलता प्राप्त गरेपछि भ्रष्टाचार नियन्त्रण गर्ने ओलीले बताए। उनले भने, ‘कमिशनखोरीका पछि दौडिन्न, कानुनी राज कायम गर्छ, भेदभाव पक्षपात गर्दैन।’ आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर अघि बढ्ने पहल गरिए पनि प्राविधिक कारणले आ–आफ्नै चुनाव चिह्नमा भाग लिने बताए।

‘केही प्राविधिक, कानुनी कुराले गर्दा अहिले सम्भव हुन सकेन । हाम्रो प्रयास जारी छ’ ओलीले भने, ‘एकताको अभियान, चुनावी तालमेल कसैको विरुद्ध छैन । नेपाली जनताको पक्षमा छ।’

पार्टीका कार्यकर्तालाई सान्त्वना दिँदै कसैले पनि जिम्मेवारीता, क्रान्तिकारीता धार छोड्यो भनेर शंका नगर्न उनले आस्वस्त पारे। ‘पार्टी कार्यकर्ताहरुलाई क्रान्तिकारिता, जिम्मेवारी छोड्यो कि भन्ने लाग्न सक्छ । केही पनि छोडेको छैन।’ देशलाई कता लैजाने भन्ने सहमतिपत्रमै लेखिएको उनले बताए । सहमतिपत्रले राष्ट्रिय एकता, स्वाभिमानतालाई माथि उठाउन चाहेको, त्यसका लागि एकजुट हुन आवश्यक भएको बताए।

 कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको प्रयास र निर्वाचनमा तालमेल गरेर जाने प्रयास कसैका विरुद्धमा लक्षित नभएको बताए।‘कसैका विरुद्ध परिलक्षित छैन । नेपाली जनताका पक्षमा भएको र कोही भ्रमित नहुनु’ उनले भने। असम्भव देखिएका कुरा पनि राजनीतिमा हुने र सम्भव देखिएका कुरा पनि नहुने दाहालले बताए। १० वर्ष अघि पनि एकताको प्रयास गरेको सम्झँदै उनले त्यो प्रयास अहिले सम्भव भएको खुलाए।  'चुनावी तालमेलमा कम्युनिष्ट मात्र भनेका छैनौं,' उनले भने, 'लोकतान्त्रिक शक्ति र अन्य शक्ति सम्म पनि तालमेलको कुरा गरेका छौं।'

सबै साठी र चालीस प्रतिशत एमाले र माओवादीले लिने सहमति नभएर अन्य सम्भव दलसँग पनि तालमेल गर्ने। अरु दलले लिए पछि रहेको मा उक्त प्रतिशत लिने सहमति भएको उनको भनाई छ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले यो एकताले राजनीतिक स्थितरता सहित आर्थिक समृद्धितिर जाने बाटो देखाउने बताए।

'विकास र समृद्धिको यात्रालाई सहज बनावउने छ', उनले भने,'त्यसको लागि वामपन्थी प्रगतिशिल दलहरुको एकता आवश्यक थियो त्यो आज भयो।' यो गठवन्धनले दुई तिहाइ बहुमत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितको सरकार बनाउने बताउने बताए।  

तस्बिर/भिडियो: प्रबिन कोइराला

 















यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad