७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, यस्तो छ सहमतिपत्र

काठमाडौं- नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल भएको छ। तीन पार्टीबीच पार्टी एकताको प्रक्राय समेत सुरु भएको छ। मंगलबार राजधानीमा आयोजिक एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संयुक्तरुपमा सहमति पत्रमा हस्ताक्षर गरे। लामो छलफल पछि तीन पार्टीले ६ बुँदे सहमति पत्र तयार पारेका थिए।

सहति अनुसार एउटै कम्युनिष्ट पार्टी निर्माणको लागि ८ सदस्यीय पार्टी एकता संयवजन समिति गठन गर्ने सहमति भएको छ। जसमा एमालेका तर्फबाट ४ जना, माओवादीबाट ३ जना र नयाँ शक्तिबाट १ जना नेता रहने छन्। उक्त समितिमा एमाले र माओवादीका अध्यक्ष प्रमुख नेताको भूमिकामा रहने छन्।

पार्टी एकता र संगठनात्मक एकताको लागि विस्तृत काखा र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने भएका छन्।

एकीकृत पार्टीको नीति- कार्यक्रमको घोषणा र विधान तयार गर्ने तीनवटै पार्टीका प्रतिनिधिहरु सम्मिलित दस्तावेज मस्यौदा तयार पार्ने उल्लेख गरिएको छ।  निर्वाचनको लागि संयुक्त घोषणापत्र तयार पार्ने सहमति गरेका छन्।

प्रकाशित: १७ आश्विन २०७४ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App