८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले, माओवादी र नयाँ शक्तिको तालमेल

काठमाडौं- नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल र पार्टी एकताबारे सहमति भएको छ। तीनै पार्टी अहिले एमाले संसदीय दलमा बैठक बसेर सहमतिको अन्तिम ड्राफ्ट तयार पारिरहेका छन्। केहीबेरमा पत्रकार सम्मेलन गरेर तीनै दलले सहमतिमा हस्ताक्षर गर्दैछन्।  सभागृहमा हुने पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सहमति पत्रमा हस्ताक्षर गर्ने छन्।

तीन नेताले साँझ ५ बजे सभागृहमा आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गर्ने छन्। स्रोतका अनुसार पार्टीले चुनावी तालमेल र एकताको लागि ७ बुँदे सहमति पत्र तयार पारेका छन्। यता बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति भने एमालेको सूर्य चिन्हबाटै निर्वाचनमा जाने भएको छ। सहमतिमा एमाले र माओवादी केन्द्र आ–आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने, संयुक्त घोषणापत्र बनाएर चुनावमा जाने, पार्टी एकता संयोजन समिति बनाएर जाने र चुनावपछि एकता गर्ने लगायतका विषय उल्लेख गरिएको छ।

 

प्रकाशित: १७ आश्विन २०७४ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App